प्रचण्डसँग जागिर र विकास माग गर्दै सयौँ निवेदन


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको जनसम्पर्क कार्यालय चितवनमा स्थानीयले अर्बौं रुपैयाँका योजना माग गर्दै निवेदन दिएका छन्।

प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा स्थापना गरिएको कार्यालयमा जिल्लाका विभिन्न क्षेत्रबाट योजनाका निवेदन परेका हुन्। क्षेत्र नं ३ बाहेक अन्य क्षेत्रबाट पनि योजनाको माग गर्दै कार्यालयमा निवेदन परेका कार्यालयकी सचिव निशा न्यौपाने अधिकारीले जानकारी दिइन्।

उनकाअनुसार विभिन्न शीर्षकमा अर्बौं रुपैयाँ बजेटका योजना माग गर्दै कार्यालयमा दिवेदन आएका छन्। सडक, ढल निकास, शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ, पर्यटन, रोजगारलगायतका शीर्षकका योजना माग गर्दै निवेदन परेका हुन्।

कार्यालयमा आएका निवेदनमध्ये साना सिँचाइ आयोजनाका लागि धेरै निवेदन छन्। साना बोरिङ र हातेट्र्याक्टर पाँच हजार थान माग गरिएको छ। सबैभन्दा कम आधारभूत विद्यालय शिक्षक दरबन्दी मिलानको माग छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यालयमा आएका निवेदनमध्ये खानेपानीका ४७, सार्वजनिक शौचालयको ७०, माडीमा रहेका १३ खोलामा तटबन्ध माग, निकुञ्जको सीमामा ३८ किलोमिटर मेस जालि निर्माण, भरतपुर महानगरपालिका वडा नम्बर १३, २४, २६, २७, २८ मा रहेका १४५ किलोमिटर सडक कालोपत्रेका लागि निवेदन परेका छन्।

यस्तै संस्कृति संरक्षण र सम्बद्र्धनका लागि पाँच, पर्यटन विकासका लागि दुई, भरतपुर अस्पताललाई क्षेत्रीय अस्पतालको रुपमा विकास गर्न, माडी अस्पताल र वकुलहर अस्पतालको स्तरोन्नति गर्न, वडा नम्बर २५ मा २५ श्ययाको अस्पताल निर्माण, छ वटा स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीको माग गर्दै निवेदन परेका छन्।

कृषि विश्व विद्यालयको एक आंगिक क्याम्पस चितवनमा राख्न र अध्ययन गर्ने विद्यार्थीको कोटा थप गर्न पनि निवेदन परेको छ। पूर्वी चितवनको शक्तिखोरमा रहेको औद्योगिक क्षेत्रको विकास र व्यवस्थापन, घरेलु तथा साना उद्योग सञ्चालनका लागि सहयोग मागका निवदेन छन्।

त्यस्तै जागिर माग गर्दै ३० वटा, एउटा रंगशाला र अन्य स–साना खेलकुद मैदान गरी १२ वटा, मठमन्दिर व्यवस्थापनका लागि ३६ वटा निवेदन परेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com