प्रधान सेनापति क्षेत्री पाकिस्तान जाँदै


प्रकाशित मिति : बैशाख ३१, २०७५ सोमबार

नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री सोमबार पाकिस्तान भ्रमणमा जाँदैछन्।

पाकिस्तानी सेनाको निमन्त्रणामा प्रधान सेनापति क्षेत्री तीन दिने भ्रमणका लागि त्यसतर्फ जाने भएका हुन्।

केही महिनाअघि पाकिस्तानी प्रधानमन्त्रीलाई सेनाले गार्ड अफ अनर दिएको थियो भने भारतीय प्रधानमन्त्री मोदीलाई हालै उक्त सम्मान दिइएको छ।

प्रधान सेनापति क्षत्रीको अनुपस्थितिमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधान सेनापति क्षेत्री जेठ ४ गते नेपाल फर्किने छन्। यस किसिमको भ्रमणले सैनिक कुटनीतिमा सहयोग पुग्ने नेपाली सेनाको विश्वास छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com