तातोपानीमा बाढीबाट दुई घर पुरिए


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आज भीषण वर्षापछि आएको बाढीले दुईवटा घर पुरेको छ ।

वर्षासँगै आएको बाढीले स्थानीयवासी लटे गिरी र बालकृष्ण मिजारको घर पुरिएको वडा सदस्य वीरबहादुर पौडेलले जानकारी दिनुभयो ।

भुरुङको ठाडो खोलाबाट आएको बाढी र तिम्लाखर्कबाट झरेको पहिरोसँगै बाढी बस्तीतर्फ पसेपछि अन्य दुईवटा घरमा समेत क्षति पु¥याएको छ । स्थानीयवासी रेखीराम पुर्जा र टेकनारायण पौडेलको घरमासमेत क्षति पुगेको छ । अहिले प्रहरी र स्थानीयवासीले पहिरोबाट प्रभावित बासिन्दाको घरको सामान सुरक्षित ठाउँमा लैजाने काम गरिरहेका छन् ।

यस्तै, बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेगखोलामा बाढी आएपछि अहिले सवारी आवागमन ठप्प भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com