बाघ महोत्सव


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

‘बाघको संरक्षण गरौँ, वन्यजन्तुको चोरी–सिकार नियन्त्रण गरौँ’ भन्ने मूल नाराका साथ मङ्गलबारदेखि कञ्चनपुरको दोधाराचादँनी नगरपालिकामा प्रथम बाघ महोत्सव–२०७३ सुरु भएको छ ।

बाघ संरक्षणका लागि सचेतना फैलाउनका शुक्लाफाँटा वन्यजन्तु आरक्षअन्तर्गत पर्ने सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा सुरु भएको महोत्सवको आरक्ष कार्यालयका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले उद्घाटन गर्नुभयो । महोत्सव आयोजनाले स्थानीयस्तरमा बाघ संरक्षणका साथै बासस्थानको विस्तार तथा वन्यजन्तु चोरी–सिकार नियन्त्रण लगायत विषयमा जनचेतना दिने उद्देश्य राखेको छ ।

तीनदिने महोत्सवमा विभिन्न सांस्कृतिक प्रस्तुति रहनेछ । मुलुकमै थोरै क्षेत्रफलमा बढी बाघको सङ्ख्या रहेको आरक्षका रूपमा परिचित शुक्लाफाँटा आरक्ष अन्तर्गतका विभिन्न मध्यवर्ती उपभोक्ता समितिको सक्रियताले वन्यजन्तुको संरक्षणमा थप टेवा पुगेको छ ।

रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com