विदेशबाट ल्याइएको मोबाइलमा यस्तो नयाँ प्रावधान


प्रकाशित मिति : बैशाख ३०, २०७५ आईतबार

व्यक्तिगत रुपमा विदेशबाट ल्याएको मोबाइल दुरसञ्चार प्राधिकरण तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिन्छ ।

वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । आजको गोरखापत्रमा समाचार छ ।

सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी दिने प्राधिकरणले गर्नेछ । मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ ।

यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com