गाउँमा सडक विकास कि विनाश !


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

आषिस खनाल ।
“अहिले त घरको आगनसम्मै जिप जान्छ नि,हिड्नुपर्दैन” अनुहार उज्यालो पार्दै काकाले भन्नुभयो।साहेद अघिल्लो पटक गाउँ जादा सारै हिड्नुपरेको र सामान बोकेर जादा दुख भएको गुनासो पोखेको थिए तेहिभएर होला सदरमुकामबाट गाउँ तर्फ नलागदै येस्तो भन्नुभयो ।मलाई पनि खुसी लाग्यो घर घर बाटो पुगेछ ,गाउँ पनि अब बिकास हुन थालेछ भनेर किनभने सडक भनेको अरु बिकासका कार्यकालागी ढोका खोल्ने पहिलो पुर्वाधार हो ।

त्यसपछि हामि सदरमुकाम तम्घासबाट अगि गाउँतर्फ लाग्यौं तब एउटा अनौठो दृश्य देखिन थाल्यो,पहिलाका ती हरिया डाडाहरु उजाड छन् ,पहाड भरी पहिरो गएको छ। एउटा डाडामात्र भएको भए अपवादका रुपमा लिन सकिन्थ्यो तर घर पुगुन्जेल देखेको लगभग सबैजओ डाडा उजाड थिए ,पहिरो गएक थिए ।मैले यस्तो हुनुको कारण के हो भनेर गाडीमै सोधिहाले, “नयाँ बाटो खोल्दा गएका पहिरा हुन् यी त” जिपको लास्ट सिट्बाट आवाज आयो। “आफ्नो आफ्नो आगनबाट बाटो लैजान खोजेसी येसतै हो भाई” मेरो छेउमा बस्नु भएको दाइले भन्नुभयो।बुझ्दै जादा एक सिजन बाटो खोलिदो रहेछ अनि बर्खामा पहिरो गएसी त्योबाटो तेस्तै छाडिदोरहेछ,कुनै मर्मत कार्य नहुने रहेछ अझ गाउँमा जो नेताजस्तो हुनेरैछ उसैले आफ्नो घरतर्फबाट बाटो लैजाने भन्दै बजेट पार्ने अनि बिना अध्यन बाटो खोल्ने रहेछ।भनेपछी प्रावधिकको सहयोग लिनुहुन्न हो भनेर मैले प्रश्न के गर्न लागेको थिए दाइले “का इन्जिनियरको सहयोग लिनु,तेसै त बजेट थोरै हुन्छ तेस्मा इन्जिनियर लिए त महँगो भैहाल्छ नि” भन्दै जवाफ फर्काउन भयो। मलाइ जहाँसम्म ज्ञान् छ बाटो बनाउन १०-१५ लाख भन्दा माथिको बजेट परिराखेको हुन्छ अनि यस्मा प्रावधिकलाई ३-५ प्रतिशात मात्र खर्छ गरेपार पुग्छ। यो कुराको स्थानीयलाई ज्ञान् नभएको भने रहेन्छ तर उनिहरुले तेति धेरै रकम दिसकेपछी बाकी खर्छ अपुग हुन्छ भन्ने हिसाब लगाउदा रहेछन्न।

“आफ्नो आफ्नो आगनबाट बाटो लैजान खोजेसी येसतै हो भाई” मेरो छेउमा बस्नु भएको दाइले भन्नुभयो।बुझ्दै जादा एक सिजन बाटो खोलिदो रहेछ अनि बर्खामा पहिरो गएसी त्योबाटो तेस्तै छाडिदोरहेछ,कुनै मर्मत कार्य नहुने रहेछ अझ गाउँमा जो नेताजस्तो हुनेरैछ उसैले आफ्नो घरतर्फबाट बाटो लैजाने भन्दै बजेट पार्ने अनि बिना अध्यन बाटो खोल्ने रहेछ।

यो कुरा सुन्दा मलाई के लाग्यो भने हामिले गाउँमा अझै इन्जिनियर वा प्रावधिक जनशक्तीको महत्त्व र फाइदा र दीर्घकालीन विकासको बारेमा बुझाउन सकेका रहेनछौ। हामिले अरु केही नभएपनी केबल प्रावधिकको सहयोग लिनुभयो भने कहाँ कति लागत लाग्छ, पहिरो को जोखिम कम हुन्छ, कसैका खरेन उजाड भैराख्ने समस्या कम हुन्छ र सोचेभन्दा लागत कम लाग्ने सक्छ र लामो समय बाटो टिक्छ ,दीर्घकालीन विकास हुन्छ किनभने इन्जिनियरलाई कस्तो ठाउँमा बाटो बनाए पहिरो जान्छ,कहाँको माटो कहाँ लगेर पुर्नुपर्छ जस्ता कुरा सानो अध्यन पछि थाहाहुन्छ भनेर बुझाउनसकेको भए ती डाडा उजाड हुनेथिएनन होला,कसैका खरेन मासिने थिएनन होला,पानीका मुल सुक्ने थिएनन् होला।यसरि हुने विकासले क्षणिक रुपमा गाउमा विकास भए जस्तो देखिएपनी पर्यावरणमा ठुलो क्षती गरिराखेको छ र दुर्घटनाहरु पनि निमत्याएको छ,आर्थिक रुपमा देशलाई हुने घाटा त छँदै छ ।यो त एउटा सानो उदारहण मात्र हो जस्ले देशको धेरै गाउँको प्रतिनिधित्व गर्दछ जस्ले अझैपनी विकासका काममा प्रावधिक पाटोलाई अपनाउन समाज हिचकिचाउन्छ भन्ने देखाउन्छ ,कारण यउटै शिक्षाको कमी । तेसैले देशमा प्रावधिक जनशक्ती उत्पादन गर्ने होड्बाजी मात्र होइन समाजमा जनचेतना र महत्त्व फैलाउन नि जरुरी छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

(आषिस खनाल क्याठफोर्ड इन्जिनियरिङ्ग कलेजका अन्तिम वर्षमा अध्ययनरत विद्यार्थी हुन्)

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com