प्रधानमन्त्रीले गरे पूर्वप्रधानमन्त्रीहरुसँग छलफल


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गरेका छन् ।

ओलीले सरकारको नीति तथा कार्यक्रम र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे पूर्व प्रमहरूलाई जानकारी गराउँदै सुझाव मागेका थिए ।

पूर्वप्रधानमन्त्रीहरुसँग उनले निर्वाचन क्षेत्र विकास कोषबारे पिन छलफल गरेका थिए ।

भेटमा भएको छलफलबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईले फेसबुकमा लेखेका छन् ‘निर्वाचन क्षेत्र विकास कोषवारे चाहिं निर्वाचित जनप्रतिनिधिहरूलाई बजेट निर्माण प्रक्रियामा सक्रिय संलग्न गराउने विधिको विकास गर्नुपर्ने तर छुट्टै रकम दिइरहनुनपर्ने राय व्यक्त गरियो !’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबास विकासको बाधक भएकोले व्यवस्थित बसोबासका लागि सुझाव माग गरेका थिए । उनले व्यवस्थित बसोबासका लागि बस्ती स्थानान्तरण गर्नुपर्ने प्रस्ताव गरेका थिए ।

पूर्वप्रधानमन्त्रीहरुले भने भूउपयोग सम्बन्धी नीति बनाउनसुझाव दिएका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द र मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com