‘पारमाणविक सम्झौताबारे अमेरिकी निर्णय आज


प्रकाशित मिति : बैशाख २५, २०७५ मंगलबार

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको पारमाणविक सम्झौतामा कायम रहने या नरहनेबारे मंगलवार साँझ घोषणा गर्ने बताएका छन्।

लामो समयदेखिका प्रतिबन्ध खुकुलो गर्ने शर्तमा आफ्ना पारमाणविक गतिविधि बन्द गर्ने वाचा गरिएको उक्त अन्तर्राष्ट्रिय सहमतिको ट्रम्प कटु आलोचक रहँदै आएका छन्।

उक्त सहमतिका अन्य हस्ताक्षरकर्ता ब्रिटेन, फ्रान्स र जर्मनीले उनलाई उक्त सहमतिबाट पछि नहट्न भनिरहेका छन्।

फ्रान्सका विदेशमन्त्रीले ट्रम्पबाट जस्तो निर्णय आए पनि आफूहरू उक्त सम्झौताको पक्षमा उभिरहने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com