काठमाडौंको १० ठाउँमा बन्दैछ आकाशेपुल


प्रकाशित मिति : बैशाख २३, २०७५ आईतबार

दिनहुँजसो ट्रफिक जामका कारण बटुवा हिँड्न समस्या भएको र दुर्घटना बढ्दै गएपछि काठमाडौं महानगरपालिकाले आकाशेपुल बनाउने निर्णय गरेको छ । काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल निर्माण गर्ने भएको छ । हाल अति भीडभाड हुने स्थानमा आकाशेपुल निर्माण गरिने भएको हो ।

व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

सडक विभागको परामर्शअनुसार साउन महिनादेखि ती पुल निर्माण हुनेछन् । करिब ५ करोड रुपैयाँ लागतमा निर्माण हुन लागेका सबै आकाशेपुल ट्रान्सपरेन्ट हुनेछन् । कामपाले चाबहिल, नयाँ बानेश्वर, कोटेश्वर, माइतीघर, कालिमाटी, गौशाला, बागबजार, त्रिपुरेश्वर, महाराजगञ्ज चोक र बबरमहल गरी १० स्थानमा आकाशेपुल निर्माण गर्न लागेको जनाएको छ । हलिे भएका आकाशेपुल व्यापारिक प्रयोजनका लागि प्रयोग भएकोमा आलोचना खेप्दै आएको कामपाले अब बन्ने सबै पुल ट्रान्सपरेन्ट हुन लागेको बताएको छ ।

हाल रत्नपार्कमा रहेको पुल ट्रान्सपरेन्ट हो । रत्नपार्ककै मोडलमा स्टिल प्रयोग गरी नयाँ पुल बनाउन लागेको महानगरको भनाइ छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com