लेकसाइडमा प्रचण्डको महँगो मर्निङवाक ! (तस्बिरसहित)


प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बिहान पोखरामा दलबलसहित मर्निङवाकमा निस्किएका छन् ।

लेकसाइडमा उनी मर्निङवाकमा निस्किएका हुन् । सिमसिम पानी परेकाले प्रचण्डको मर्निङवाकलाई केही समय अवरोध पुगेको एक स्थानीयले बताए ।

ब्रण्डेड कम्पनीका जुत्ता, ट्रयाक सुट र झण्डै १५ जना सुरक्षाकर्मीसहित प्रचण्ड मर्निङवकमा निस्किएका हुन् । प्रचण्डले लगाएका जस्तै कपडा र जुत्तासहित उनका अंगरक्षकहरू पनि तस्बिरमा देखिएका छन्।

त्यति मात्रै होइन प्रचण्ड मर्निङवाकमा निस्किएका बेला उनको सुरक्षाका लागि प्रहरीको एउटा भ्यान पनि सँगसँगै हिँडेको छ ।
स्थानीयले प्रचण्डको महँगो मर्निङवाक भन्दै आलोचना गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com