व्यवसायी अध्यक्षलाई नै यसरी रोडमै लछारपछार पारेपछि


प्रकाशित मिति : बैशाख २१, २०७५ शुक्रबार

सिण्डिकेट खारेजी गर्ने सरकारको निर्णयविरुद्ध सार्वजनिक यातायात सेवा बन्द गर्ने ७ भन्दा बढी व्यवसायीहरुलाई प्रहरीले पक्राउ गरेको छ।सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउने व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन आएपछि प्रहरीले धरान र इटहरीबाट विभिन्न यातायात व्यावसायी संघका पदाधिकारीहरुलाई शुक्रबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले धमाधम पदाधिकारीहरुलाई पक्राउ गर्न थालेपछि कतिपय व्यवसायीहरू सम्पर्कविहीन भएका छन् ।

अत्यावश्यक सेवामा पर्ने सार्वजनिक यातायात सञ्चालनमा गैरकानुनीरुपमा रोक लगाएकोले सम्बन्धित व्यवसायी संघका पदाधिकारीहरुलाई पक्राउ गरी नियन्त्रणमा लिएको धरानका डिएसपी रामेश्वर पौडेलले बताए । ‘सरकारले सिण्डिकेट खारेज गरिसकेको छ, तर त्यसैको नाममा अत्यावश्यक सेवामा रोक लगाइयो, जनतालाई दुःख दिइयो,’ पक्राउ गर्नुको कारणबारे डिएसपी पौडेलले भने, ‘अत्यावश्यक सेवामा अवरोध पुर्‍याएकोले उनीहरुलाई पक्राउ गरिएको हो।’

प्रहरीले शुरुमा विभिन्न व्यवसायी संघका ७ जना पदाधिकारीहरू धरानबाट पक्राउ गरेको थियो । त्यसको विरोधमा वडा प्रहरी कार्यालयअघि प्रर्दशन गर्ने र टायर बाल्ने अभिव्यक्ति दिएपछि थप केही व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सप्तकोशी बस व्यवसायी संघका सचिव हरि थापा, सहसचिव गणेश विष्ट र कोषाध्यक्ष सुमन थापा रहेका छन्।

यस्तै, पुर्वाञ्चल बस व्यवसायी संघका उपाध्यक्ष मोहनमणी बराल, कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्णप्रसाद सुवेदी, महासचिव नेत्रबहादुर थापा पनि समातिएका छन् भने संयुक्त बस व्यवसायी संघ धरानका अध्यक्ष नरेन्द्र पोमो र इटहरीबाट यातायात व्यवसायी संघका अध्यक्ष ध्रुव घिमिरेलाई पनि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण प्रसाद चिमोरियाले बताए । उनले भने, ‘अति आवश्यक सेवामा अवरोध पुर्‍याएकोले नियन्त्रणमा लिएको हो, सोही ऐन अनुसार कारबाही हुन्छ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यातायात व्यावसायीहरुले सिण्डिकेट खारेज गर्ने सरकारको निर्णय विरुद्ध शुक्रबार देशव्यापी यातायात बन्दको आह्वान गरेका थिए। व्यावसायीहरुको बन्दले लामो दुरीका सार्वजनिक यातायातहरु नचल्दा शुक्रबार सर्वसाधारणहरु मर्कामा छन्।

मोटरसाइकल, टेम्पो, इरिक्साजस्ता साना सवारीसाधन मात्र शहरभित्र चलिरहेका छन् । गाडी मालिक तथा व्यावसायीहरुको आन्दोलनमा यातायात मजदुरहरुले भने समर्थन जनाएको छैन । शनिबार पनि विप्लव समूहले बन्दको आह्वान गरेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com