क्यालिफोर्नियामा बस र ट्रक ठोक्किँदा १३ जनाको मृत्यु


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

दक्षिणी क्यालिफोर्नियाको प्रमुख राजमार्गमा आइतबार एक पर्यटक बस र ट्रक एकापसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो दुर्घटानमा परी अरु ३१ जना घाइते भएका अधिकारीले जानकारी दिएका छन् ।

‘दुर्घटना भएको अवस्थामा सबै यात्री सुतिरहेका होलान्’ भन्दै क्यालिफोर्निया राजमार्गका प्रहरी प्रमुख जिम आबेलेले भावुक हुँदै बताएका छन् । उनले सो दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई समवेदना प्रकट गरेका थिए ।सो दुर्घटनमा परी मृत्यु भएका व्यक्तिमा प्रायः बसको आगाडि भागमा बसेर यात्रा गरिरहेका छन् ।

यद्यपि, यस भीषण दुर्घटनाको कारण भने हालसम्म पत्ता नलागेको भएतापनि बस उच्चगतिमा रहेको र सोही अवस्थामा ट्रक आएर ठोक्ँिकदा दुर्घटना भएको आबेलेले थप जानकारी दिएका छन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको र बसचालकको ज्यान गएको तर ट्रकचालक भने जीवितै रहेका बताइएको छ । यस दुर्घटनामा ज्यान गुमाएका व्यक्तिको तत्काल परिचय खुलेका छैन ।

दुर्भाग्यबस् दुर्घटना परेका अन्य केही व्यक्तिको पनि परिचय नखुलेको आबेलेले बताएका छन् ।उनीहरुको साथै रहेका परिचयपत्रबाट पनि प्रस्टरुपमा परिचयको पुष्टि हुन सकेको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com