एसएसपी लोहनी पक्राउ, ६३ जनाविरुद्ध मुद्दा दायर हुँदै
प्रकाशित मिति : बैशाख १९, २०७५ बुधबार
३३ किलो सुन तस्करी र शनम शाक्य हत्या प्रकरणमा मुछिएका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ गरेका छन्।
बुधबार मोरङ प्रहरीले लोहनीलाई बयानका लागि बिराटनगर बोलाएको थियो। बयान लिने वित्तिकै लोहोनीलाई पक्राउ गरिएको हो। उनको बयान चित्त नबुझेपछि तत्कालै पक्राउ पूर्जी थमाएर उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
३३ किलो सुन गायब र सनम शाक्य हत्या प्रकरणमा मुद्दा दर्ता गर्ने तयारी गरेकै दिन उनलाई थुनामा राखेको हो। घटनामा आफ्नो कार्यक्षेत्र मिचेर अपराध महाशाखकाको टोलीले फागुन १९ गते शनम शाक्यको शव बरामद गरेको र पैसाको चलखेलका कारण शाक्यको शव गायब गर्न खोजेको आरोप अपराधमहाशाखाको टोली माथि छ।
उनी त्यतिबेला अपराध महाशाखा प्रमुख थिए। यही प्रकरणमा हालसम्म पक्राउ परेका र फरार रहेका ६३ जना बिरुद्ध जिल्ला अदालत मोरङले मुद्धा दर्ता गर्ने तयारी गरेको छ।






