दश घण्टामा पनि काँग्रेसको औपचारिक बैठक शुरु भएन


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

निर्वाचनमा पार्टीको हारको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद बढेपछि नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक बैठक अझै शुरु हुन सकेको छैन ।
बिहान ९ बजेका लागि बोलाइएको बैठक पार्टीको आन्तरिक तयारी भन्दै १० घण्टा (समाचार तयार गर्दासम्म) बितिसक्दा पनि बैठक बस्न नसकेको हो । केन्द्रीय समितिको अनौपचारिक बैठक जारी रहेको र बैठकका क्रममा उठेका विषयवस्तुलाई कसरी सम्बोधन गर्ने भन्नेबारे शीर्ष नेता परामर्शमा जुटेका छन् ।

पार्टीका आन्तरिक विषयको सम्बोधन र आगामी कार्यक्रम तय गर्नका लागि केन्द्रीय समितिको अनौपचारिक बैठक बसिरहेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

आजको बैठकमा महामन्त्री शशांक कोइरालाले चुनावी समीक्षा र आगामी कार्यक्रमसहित लिखित प्रस्ताव पेश गर्ने र सभापति शेरबहादुर देउवाले जवाफ दिएपछि बैठक सक्ने काँग्रेसको तयारी थियो ।

चुनावी समीक्षाका लागि यही ९ गतदेखि शुरु भएको केन्द्रीय समिति बैठकमा सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताबीच चुनावी हार र नेतृत्वबारे जुहारी चल्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

युवा नेता गगन थापा, प्रदीप पौडेलसहितका युवा नेताले चुनावी हारको जिम्मा सभापतिले लिनुपर्ने धारणा बाहिर ल्याएका छन् भने देउवा पक्षका नेताहरुले नेतृत्वको बचाउ गर्दै हारको जिम्मेवारी सबैले लिनुपर्ने बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com