नदीमा दुई पुरुषको शव फेला


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२, दार्चुला दार्चुला र बैतडीको सीमा नदी भएर बग्ने चमेलिया नदीमा दुई पुरुषको शव फेला परेको छ।

शैल्यशिखर नगरपालिका–१ घर भएका ५० वर्षीय गोपालदत्त जोशी र बैतडी डिलाशैनी गाउँपालिका–३ घर भएका धीरबहादुर बोहराको शव चमेलिया नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक लालबहादुर साउदले जानकारी दिए।

मृतक जोशी मंगलबार चमेलिया नदी तरेरै पारि बैतडीतर्फ गएको बुझिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ। रासस

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com