गर्मीयामको सुरुवातसँगै कोशी अञ्चल अस्पतालमा बिरामीको चाप बढ्दै


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

वैशाख १२, काठमाडौँ । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा झाडापखाला र दमका बिरामीको चाप बढेको छ ।
गर्मीयामको सुरुवातसँगै कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा दैनिक १ सय देखि १ सय पचास जनासम्म झाडापखाला र दमका विरामी पुग्ने गरेका हुन् । झाडापखालाबाट वयस्कसमेत पीडित भईरहेका छन् ।

गर्मी र धुलो–धुवाँका कारण हुने रोगबाट बच्न चिकित्सक सफा पानी पिउन, माक्स प्रयोग गर्न र बासी खानेकुरा नखान सल्लाह दिन्छन् । गर्मी बढेसँगै केही दिन यता कोशी अञ्चल अस्पतालमा सर्प दशंका विरामी पनि बढ्न थालेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com