राष्ट्रिय निकुञ्जका कर्मचारी र नेपाली सेनालाई माछा खान प्रतिबन्ध


प्रकाशित मिति : बैशाख २, २०७५ आईतबार

चितवन राष्ट्रिय निकुञ्जका कर्मचारी र सुरक्षार्थ खटिएको नेपाली सेना बस्ने निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको छ ।

मुख्य कार्यालय कसरा, सेक्टर, हात्तीसार शाखा, रेञ्जपोष्ट, प्रवेशद्वार, पोष्ट तथा सुरक्षा पोष्टलगायतका स्थानमा पोखरी र नदीका माछा खान वैशाख १ गतेदेखि पूर्ण प्रतिबन्ध लगाइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालकाअनुसार निकुञ्जका कुनैकुनै पोष्टमा त्यहीँका कर्मचारीले तयारी जाल प्रयोग गर्न दिएको वा बेवास्ता गरी माछासमेत खाने गरेको गुनासो आएपछि निकुञ्ज र मध्यवर्ती क्षेत्रमा माछा खान प्रतिबन्ध लगाइएको हो । ढकालले भन्नुभयो, “कुनै ठाउँमा कर्मचारीले नै जाल प्रयोग गर्न दिएर आधाआधा माछा भागबण्डा गरेको भन्ने गुनासो आएपछि यो निर्णय गरिएको हो ।”

नदीहरुमा रहेका माछा दुर्लभ जलचर गोहीको मुख्य आहारा हो । माछा घटेमा गोहीको संख्या घट्दै जाने भन्दै निकुञ्जले नदीमा ठूला जाल प्रयोग गर्न पूर्ण प्रतिबन्ध लगाएको छ भने इजाजत भएकालाई मात्रै सानो जाल प्रयोग गर्न दिइएको छ । निकुञ्जअन्तर्गत ३५० जना कर्मचारी छन् भने सुरक्षार्थ एक हजार नेपाली सेना निकुञ्जमा बस्दछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

निकुञ्जका ५७ स्थायी पोष्टमा निकुञ्जका कर्मचारी र नेपाली सेना आवासीयरुपमा नै बस्ने गर्दछन् । निकुञ्जले यसअघि नै यी ठाउँहरुमा बंगुरको मासु खान प्रतिबन्ध लगाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com