चलचित्र महोत्सवबारे अन्तरक्रिया बाल्टिमोरमा सम्पन्न


प्रकाशित मिति : चैत्र २८, २०७४ बुधबार

आगामी मे महिनाको १८,१९ र २० का दिन आयोजना हुने नेपाल-अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको दोस्रो संस्करण २०१८ लाई सफल बनाउनका लागि बाल्टिमोर क्षेत्र तथा वासिंगटन मेट्रो क्षेत्रका संघ संस्थाका नेतृत्व तथा सामुदायिक “लिडर”हरु सँग छलफल कार्यक्रम सम्पन्न भएको छ । आयोजक संस्था नेपाल अमेरिका फिल्म सोसाइटीले बाल्टिमोरको चर्चित संस्था बानासंगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बाल्टिमोर क्षेत्रका संघ संथाका नेतृत्व तथा सामाजिक अभियान्ताहरुको उपस्थिति रहेको थियो ।

नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई कसरी सफल बनाउने भन्ने विषयमा गम्भीर छलफल भएका थिए । कार्यक्रमको सुरुवातमा चलचित्र महोत्सवका निर्देशक तथा फ़ाउनडर पूर्णसिंह बराइलीले नेपाल अमेरिका चलचित्र महोत्सवको औचित्य र हालसम्मको प्रगतिकाबारे प्रकाश पारेका थिए । अमेरिकाको चर्चित थियटर एएफआइमा मे १८ तारिक शुक्रबार रेड कार्पेट सहित चलचित्र महोत्सवको उद्घाटन हुने र रेगल सिनेमासंगको सहकार्यमा रेगल थियटर ह्यात्स्विल, मेरिल्याण्डमा मे १९ र २० तारिक शनिबार र आइतबार दिउँसो १२ पछि देखि नेपाल लगायत विभिन्न देशका ३ वटा हलमा चलचित्र प्रदर्शन र छलफल हुनेछ । २० तारिक आइतबार साँझ महोत्सवको अवार्ड तथा समारोह रेड कार्पेट सहित हुनेछ ।

उपस्थित सबै व्यक्तित्वले नेपाल र नेपालीको पहिचानका साथै विविध कला संस्कृतिलाई जोड्न यसखालको चलचित्र महोत्सवले महत्वपूर्ण भूमिका निर्वाहा गर्ने कुरमा जोड दिएका थिए । गत सालको चलचित्र महोत्सवलाई त्यति सहयोग गर्न नपाएको र यसपालीबाट सफ्फल बनाउन सबै लाग्नु पर्ने कुरा उपस्थित वक्त्ताहरुले बताएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यक्रममा बोल्दै कलाकार तथा नेपालकी चर्चित नायिका पुजा चन्द लामाले अमेरिकामा हाम्रो कला संस्कृति कोठामा मात्रै सिमित भएको र यसलाई अमेरिकन र अन्य समुदायसंग साक्षात्कार गराउने नेपाल अमेरिका चलचित्र महोत्सव एउटा ढोका भएको बताइन |अमेरिकामा हामी धेरै कलाकारहरु भए पनि विविध कारणहरुले आफ्ना कलाको माध्यमलाई निरन्तरता दिन सकिएको थिएन, तर अहिले चलचित्र महोत्सव सुरु भएकोमा खुसि व्यक्त गर्दै सम्पूर्ण कलाकारहरुलाई उपस्थित गराउने प्रतिबद्दता पनि नायिका चन्दले ब्यक्त गरिन ।

कार्यक्रममा गैर आवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठ, नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्मा, मेरिल्याण्डका सांसदका उम्मेदवार एचबि ह्यारी भण्डारी, म्याग्दी समाजका अध्यक्ष अमर छन्त्याल, बनाकी अध्यक्ष अनु वन्त, कास्की समाजका अध्यक्ष कुल प्रसाद गुरुङ, राष्ट्रिय दलित आयोगका पुर्व सदस्य कृष्ण बहादुर चुनारा, समाजसेवी रविलाल सुनार, बानाका वरिष्ठ उपाध्यक्ष सुबोध पन्थ, समाजसेवी देवशर्मा लगायतका व्यक्तित्वहरुको उपस्थितिरहेको थियो ।

अहिलेका मेरिल्याण्डका सांसदका उम्मेदवार एचबि ह्यारी भण्डारीले मेरिल्याण्ड राज्य र काउन्टी अन्तर्गतका अमेरिकन समुदायमा यो चलचित्र महोत्सवलाई पुर्याउने प्रतिबद्दता सहित महोत्सवलाई आर्थिक अभियानको पनि घोषाणा गरेका थिए । समाजसेवी रविलाल सुनारले चलचित्र महोत्सवलाई ५०० डलर आर्थिक सहयोग गर्ने र सम्पूर्ण साथि भाइ सहित महोत्सवमा उपस्थित हुने प्रतिबद्दता ब्यक्त गरेका थिए । गैर आवासीय नेपाली संघ मेरिल्याण्ड च्याप्टरका अध्यक्ष दुर्गा बहादुर श्रेष्ठले भर्जिनिया च्याप्टरसंग पनि सहकार्यका लागि संयोजन गर्ने र सबैलाई सहयोगका लागि अपिल गर्ने बताए । उपस्थित बक्ताहरुले महोत्सवलाई सफल बनाउन कुनै कसुर बाँकी नराख्ने कुरामा एकमत भएका थिए ।

यस छलफलबाट आयोजकहरु उत्साहित भएको बताए । कार्क्रममा यो वर्षबाट नयाँ आयोजक टिममा मोडल रिमा के.सी. म्यानेजिङ्ग डाइरेक्टर, नेपाल र अमेरिकाका चर्चित फोटोग्राफर राजिव श्रेष्ठ क्रिएटिभ डाइरेक्टर र भर्जिन्यामा डान्स कक्षा संचालन गर्दै आएका नबिन के. सी. संकृतिक संयोजकको रुपमा काम गर्ने कुरा पनि परिचय गराइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com