प्रधानमन्त्री केपी शर्मा ओेली र नरेन्द्र मोदीबीच डेढ घण्टा भेटवार्ता


प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार

भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओेली र उहाँका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास लोककल्याण मार्गमा आज साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको हो ।

नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरुबीच महत्वपूर्ण छलफल भएको हो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।”

उहाँले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरुबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताउनुभयो ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली र उहाँका समकक्षी मोदीबीच आज भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

यसैबीच नेपाली दूतावासले आज यहाँ आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री ओलीले दिल्लीस्थित नेपालसमेत हेर्ने कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिसँग छलफल तथा भेटवार्ता गर्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com