बैंकहरुले ब्याजदर बढाए


प्रकाशित मिति : कार्तिक १, २०७३ सोमबार

दसैंअघि मुद्दती निक्षेपको ब्याज बढाएका वाणिज्य बैंकहरूले अहिले धमाधम कर्जाको ब्याजदर बढाउन थालेका छन । निक्षेपको ब्याज बढेपछि पुँजीकोष लागत (कस्ट अफ फन्ड) बढेकाले कर्जाको ब्याजदर पनि बढाउनुपरेको भन्दै ऋणको ब्याज बढाउन लागेका हुन् ।

दसैं बिदापछि कार्यालय खुलेकै दिन बैंकहरूले ऋणीलाई फोनमार्फत कर्जाको ब्याज कात्तिक १ (सोमबार) देखि बढ्ने जानकारी दिएका छन् । बजार माग र आपूर्तिका आधारमा ब्याजदर घटबढ हुनु स्वाभाविक भए पनि एकैपटक सबै बैंकहरूले समान दरमा ब्याजदर बढाउनु अस्वाभाविक भएको उद्योगी व्यवसायीको गुनासो छ ।

उनीहरूका अनुसार अहिले बैंकहरूले अल्पकालीन प्रकृतिका आवधिक कर्जा (टीआर) कर्जाको ब्याजदर १ देखि २ प्रतिशत विन्दुसम्मले बढाएका छन् । यही बाहनामा केही बैंकहरूले अन्य प्रकृतिका कर्जाको दर पनि सामान्य रूपमा बढाएका छन् । एकै दिन ३/४ वटा बैंकले फोन गरेर भोलि (कात्तिक १ गते) देखि ब्याजदर बढ्ने सूचना दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए ।

‘ती सबै बैंकको भाषा र ब्याजको वृद्धिदर समान छ,’ उनले भने, ‘यसबाट बैंकहरूले आपसी सहमतिका आधारमा समान दरले ब्याज बढाएको स्पष्ट हुन्छ ।’ ब्याजदरमा घटबढ स्वाभाविक भए पनि सबै बैंकले एकै दिनदेखि समान दरले बढाउनु स्वाभाविक नभएको उनले गुनासो गरे । बढदो ब्याजदरले लगानी निरुत्साहित गर्ने भएकाले ब्याजदरमा बैंकहरूले ‘सिन्डिकेट’ गर्न नहुने उनको तर्क छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यस्तो प्रवृत्तिले समग्र अर्थतन्त्रलाई राम्रो गर्दैन,’ उनले भने, ‘बैंकहरूको व्यवहारबारे राष्ट्र बैंकले विशेष रूपमा हेर्नुपर्छ ।’ मुद्दती निक्षेप ८ प्रतिशतमाथि भएको अवस्थामा सामान्य रूपमा कर्जादर पनि बढाउन दबाब परेको नेपाल बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए । नेपालीहरूको ठूलो चाड दसैं र चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अन्त्य भएकाले ब्याजदर वृद्धिका लागि यो समय उपयुक्त भएको उनको तर्क थियो ।

‘सबै बैंकहरूले एकैपटक ब्याजदर बढाउनु संयोगमात्र हो,’ उनले भने, ‘यसमा बैंकहरूबीच कुनै मिलोमतो छैन ।’ विगतमा सस्तो दरमा अल्पकालीन कर्जा प्रवाह गरेका बैंकहरूले निक्षेपको लागत बढेपछि अहिले व्यापारिक कर्जाको दर बढाउन थालेको उनले जनाए । ‘निक्षेपको ब्याज बढेसँगै कर्जाको दर बढ्नु स्वाभाविक हो,’ उनले भने ।

बैंकहरूले उच्च दरले कर्जाको ब्याजदर बढाउनु आवश्यक नरहेको नेपाल बैंकर्स संघका उपाध्यक्ष किशोर महर्जनले बताए । बैंकहरूमा निक्षेपको ब्याजदर बढे पनि अधिकांश निक्षेप सस्तो दरकै भएकाले अहिल्यै कर्जाको दर उच्च बनाउन नहुने उनको धारणा छ ।

‘करिब ६० प्रतिशत निक्षेप पुरानो दरको छ,’ उनले भने, ‘४० प्रतिशत निक्षेपको लागत मात्र बढेको हो ।’ निक्षेप लागत बढेको आधारमा अहिले बैंकहरूले एक प्रतिशत विन्दुभन्दा धेरैले ब्याजदर बढाउन नहुने उनले सुझाएका कान्तिपुरमा खबर छ । ‘विगतमा ५ प्रतिशत रहेको मुद्दती निक्षेप अहिले ८ प्रतिशत पुगेको छ,’ उनले भने, ‘कुल एकाउन्टको ब्याजदर पनि ४ बाट ८ प्रतिशत पुगेको छ र पनि कर्जाको ब्याजदर बढीमा १ प्रतिशत विन्दुभन्दा धेरै बढाउन जरुरी छैन ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com