ग्रिनकार्ड आएन ? धेरै नकुरेर अपनाउनुहोस् यी पाँच तरिका


प्रकाशित मिति : चैत्र २०, २०७४ मंगलबार

यदि तपाईले ग्रिनकार्ड, अमेरिकी नागरिकता वा अन्य सुविधाका लागि अमेरिकी सरकारको युएससीआईएसमा आवेदन दिनुभएको छ तर त्यसबारे निर्णय हुनमा युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने तपाईले छिटो निर्णय गराउनका लागि चारवटा तरिकाहरु अपनाउन सक्नुहुनेछ ।

पहिलो तपाईले अनलाइनमार्फत युएससीआईएसमा अनुरोध गर्न सक्नुहुनेछ । त्यसका लागि तपाईले यो लिंकमा गएर आफ्नो केसको बारेमा युएससीआईएसलाई सचेत गराउन सक्नुहुनेछ । यदि तपाईको केसबारे निर्णय हुन युएससीआईएसले तोकेको भन्दा धेरै समय लागेको छ भने यो विधिबाट तपाईले आफ्नो केसमा छिटो निर्णय गराउन सक्नुहुन्छ ।

दोश्रो तपाईले युएससीआईएसको ग्राहक सेवा केन्द्रमा फोन गरेर आफ्नो केसमा ढिलाई भइरहेकोबारे जानकारी दिन सक्नुहुनेछ । ग्राहक सेवा केन्द्रका अधिकारीले तपाईले फोनमार्फत गरेको अनुरोध सिस्टममा राखिदिनेछन । त्यसपछि तपाई १५ दिनभित्र त्यसको जवाफ प्राप्त गर्नुहुनेछ ।

तेश्रो तपाईले युएससीआईएसको यो लिंकमा गएर इन्फोपास अप्वाइन्टमेन्ट लिन सक्नुहुनेछ । अप्वाइन्टमेन्ट लिएर युएससीआईएसको फिल्ड अफिसमा गएर आफ्नो केसबारे सोधखोज गर्न सक्नुहुनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चौथो तपाईले आफ्नो केसबारे अमेरिकी सांसदको अफिसबाट युएससीआईएसमा पत्र लेखाउन सक्नुुहुन्छ । तपाईको क्षेत्रको कँग्रेसम्यानको अफिसबाट यो काम सहजै गराउन सकिन्छ ।

पाँचौं, तपाईले संघीय अदालतमा रिट फाइल गर्न सक्नुहुन्छ । यस्तो रिटले तपाईको केसबारे छिटो निर्णयका लागि युएससीआईएसलाई दबाब पुग्छ । तर तपाईले कुनै पनि कदम चाल्नु अगाडि आफ्नो केसबारे वकिलसँग छलफल गर्नु उचित हुन्छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com