राष्ट्रपति भण्डारी पुत्री र पूर्वराष्ट्रपति यादवका नातीको आज इङ्गेजमेन्ट


प्रकाशित मिति : आश्विन ३०, २०७३ आईतबार

एमालेका पूर्वमहासचिव स्व. मदन भण्डारी र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुम भण्डारीको इङ्गेजमेन्ट कार्यक्रम आइतबार राष्ट्रपति निवासमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाति अभिषेक यादवसँग हुने भएको छ।

अति गोप्य तवरले निशाकुसुम र अभिषेकबीच सितल निवासमा बिहान ९ बजे हुन लागेको टिकाटालो कार्यक्रममा केही आफन्त र एमालेभित्रका सिमित नेताहरुलाई निम्ता दिइएको छ। इङ्गेजमेन्ट कार्यक्रममा केटा पक्षको परिवारका सदस्य र केही आफन्त पनि उपस्थित हुने छन्।

राष्ट्रपति विद्या भण्डारीकी छोरी निशाकुसुम र कांग्रेस सभासद् किरण यादवका छोरा अभिषेक यादवबीच विवाहको विषयमा यसअघि नै परिचर्चा चलेको थियो। प्रेममा रहेका निशाकुसुम र अभिषेकको बिवाहका लागि दुबै पक्षका परिवार राजी भएकाले इङ्गेजमेन्ट कार्यक्रम तय भएको स्रोतको भनाइ छ। किरण यादव निवर्तमान राष्ट्रपति डा. रामवरण यादवकी आफ्नै भतिजी हुन्। त्यसैले अभिशेक रामवरणका नाति पर्छन्।

किरण यादवका छोरा र भण्डारीकी छोरी बुढानिलकण्ठ स्कुलमा सँगै पढेका हुन्। बुढानिलकण्ठमा पढ्दैं गर्दा उनीहरुबीच सामिप्यता बढेको बताइन्छ। अभिषेक बेलायत सरकारको चिभेनिङ छात्रवृतिमा लण्डनको युनिभर्सिटी कलेज लण्डनमा ‘इकोनोमिक्स एण्ड पोलिसी अफ इनर्जी एण्ड द इन्भायरोमेण्ट’ पढिरहेका छन्। बेलायत जानुअघि उनले सानिमा हाइड्रोमा इलेक्ट्रीकल इन्जिनियरका रुपमा काम गरेका थिए। त्यसैगरी २७ वर्षीय निशाकुसुमले भने भारतको नयाँदिल्लीबाट एमबीबीएस गरेकी छिन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्रोत : नेपालखवर

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com