जंगलमा लागेको आगो फैलिएर घर जल्दा करिब १२ लाख मुल्य बराबरको क्षति


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

चैत १४, फुङलिङ । जंगलमा लागेको आगो फैलिएर ताप्लेजुङमा एक घर जलेको छ । मंगलबार बेलुका फुङलिङ नगरपालिका–१० फुरुम्बुमा रहेको सोगिरा भीरमा लागेको आगोले नजिकै रहेको चन्द्रबहादुर कार्कीको घर पूर्णरुपमा जलेकोे हो।

घरबाट करिब दुई सय मिटर मुनी रहेको भीरमा लागेको आगो फैलिएर घरको छानामा सल्केपछि घरमा आगलागी भएको छिमेकी मनकुमारी कार्कीले जानकारी दिइन् ।

आगलागीले तीनतले टिनको छानो भएको घर र घरभित्र राखिएकोे ठूलो परिमाणको काठ, अन्नपात, लत्ताकपडालगायतका सामाग्री जल्दा करिब १२ लाख मुल्य बराबरको क्षति भएको स्थानीयको अनुमान छ । घर जलेपछि पीडित परिवार भने आफन्तको घरमा बसेका छन् ।

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com