गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तीव्रता दिन चीनबाट २५० दक्ष कामदार थप्ने


प्रकाशित मिति : चैत्र १४, २०७४ बुधबार

चैत १४, भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तीव्रता दिन ठेकेदार कम्पनीले चीनबाट दक्ष कामदार थप गर्ने भएको छ।

ठेकेदार कम्पनी नर्थ वेष्टले कामलाई तीव्रता दिन २५० कामदार ल्याउने तयारी अगाडि बढाएको आयोजना प्रमुख ओम शर्माले जानकारी दिए।

मधेस आन्दोलन, नाकाबन्दी र निर्माण सामग्रीको अभावमा निर्धारित समयमै सम्पन्न नहुने निश्चत भएको विमानस्थलमा सन् २०१८ भित्रै भौतिक संरचना निर्माण गरिसक्ने गरी काम अगाडि बढेको अधिकारीहरूले जनाएका छन्।

पछिल्लो दुई महिनादेखि निर्माण सामग्रीको आपूर्ति पर्याप्त मात्र होइन स्टक पनि रहेकोले इक्यूपमेन्ट र कामदार थप गर्न ठेकेदारलाई भनिएको र त्यसअनुसार काम अगाडि बढेको आयोजना प्रमुख शर्माले जानकारी दिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

चिनियाँ ठेकेदार कम्पनीले चीनबाट थप २५० दक्ष कामदार ल्याउन भन्दै भिसाको लागि निवेदन दिएको र आफूले सिफारिस गरेर पठाएको शर्माले जानकारी दिए।

वर्षा अगाडि केही कामदार आउने र बाँकी वर्षापछि आउने शर्माको भनाइ छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com