एसर्इर्इ दिएर नदीमा नुहाउन गएका विद्यार्थीको डुबेर मृत्यु


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

चैत १३, बैतडी । जिल्लाको डिलाशैनी गाउँपालिका–३ मौलाबगरमा आज दिउँसो नुहाउने क्रममा डुबेर एक विद्यार्थीको मृत्यु भएको छ।

स्थानीय दुर्गा मावि परीक्षा केन्द्रबाट एसर्इर्इ परीक्षा दिइरहेका डिलाशैनी–६ का राजेन्द्र कठायतको चौलानी नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

मंगलबार विज्ञान विषयको परीक्षा दिएर नुहाउन स्थानीय चौलानी नदीमा साथीहरुसँग गएका उनको नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।रासस

 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com