छाउगोठमा बारेकी लक्ष्मी राति बाहिर निस्कँदा लडेर घाइते, देउता रिसाएको भन्दै दुई वटा बोका काटियो


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

चैत १३, हुम्ला । नेपालको दुर्गम गाउँमा अझै पनि अलौकिक शक्तिेमाथि विश्वास गर्न छोडेका छैनन्। छाउगोठमा बसेका बेला राति बाहिर निस्कँदा लक्ष्मी लडेर घाइते भएका थिइन् ।

उनीहरुले भने महिनावारी भएको बेला गाउँकै देवतालाई चढाएको घोडा छोएपछि देवता रिसाएको भन्दै हुम्लामा दुई वटा बोका काटिएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ७ डाडाफयाकी १६ वर्षीया लक्ष्मी शाहीले महिनावारी भएको समयमा गाउँकै देवताको घोडा छोएको भन्दै गाउँलेले उनको परिवारलाई २ वटा बोका काट्न लगाएका थिए ।

पाँच दिनसम्म जिल्ला अस्पतालमा उपचार गरे पनि घाउ सन्चो नभएको र अपरेसन गर्न जिल्ला बाहिर लैजान जिल्ला अस्पतालले रेफर गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

जिल्लामा पनि उपचार नभएपछि जिल्ला बाहिर लैजान आर्थिक समस्या परेको लक्ष्मीको आमा धनकौरा शाहीले बताउनुभयो । ‘गाउँमै देवता लागेको भन्दै पूजाआजा गर्दै २ वटा बोका देवताको थानमा काट्यौँ तर निको भएन’ शाहीले बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com