एसईई परिक्षार्थीले परिक्षा दिने क्रममा बच्चालाई जन्म दिईन्


प्रकाशित मिति : चैत्र १३, २०७४ मंगलबार

एसईई परिक्षा सञ्चालन भइरहदाँ एकजना परीक्षार्थीले बच्चा जन्माएकी छिन् । पश्चिम म्याग्दीको धौलागिरी गाँउपालिका ७ सिबाङमा हेम माध्यमिक विद्यालयको परीक्षा केन्द्रममा एसईई परीक्षामा सहभागी भईकी फुलमाया केसीले सन्तानलाई जन्म दिएकी हुन् । २१ वर्षीया केसीले छोरीलाई जन्म दिएकी छिन् ।

ताकम मावि ताकमबाट एसईई परीक्षामा सहभागी धौलागिरी–३, मुनाको सोलबाङकी केसीले मंगलबार बिहान छोरीलाई जन्म दिएकी हुन् ।
एसईई परिक्षाको चौथो दिन विज्ञान विषयको परिक्षा दिने क्रममा केसीलाई सुत्केरी व्यथा लागेको थियो । सुत्केरी व्यथा लागेपछि उनलाई ताकम स्वास्थ्यचौकीको बर्थिङ सेन्टरमा पुर्याइएको थियो ।

सुत्केरी भएको एक घण्टापछि परीक्षार्थी केसीलाई स्ट्रेचरको सहायतामा परीक्षा दिने व्यवस्था मिलाइएको हेम मावि सिबाङ स्रोतकेन्द्रले जनाएको छ ।

सुत्केरी भएपछि उनले परिक्षा दिने बताए पछि स्टे«चरमा लगेर परिक्षा दिने व्यवस्था मिलाइएको थियो ।

केन्द्रका अनुसार केसीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्थासहित आवश्यकता अनुसार समय थप गरिएको छ ।
केसी र शिशुको स्वास्थ्यवस्था ठिक रहेको बताइएको छ ।

एसईई परीक्षा दिने क्रममा जन्मिएकी केसीको छोरीको नाम प्रवेशिका राखिएको छ । उक्त परीक्षा केन्द्रमा २ सय २३ जना विद्यार्थीहरु परीक्षामा सहभागी भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com