प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याल नियुक्त


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

चैत १२,काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रेस सल्लाहकारमा पत्रकार कुन्दन अर्याललाई नियुक्त भएका छन्।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पत्रकार अर्याललाई प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त गरेको हो।

यसअघि नेपाल टेलिभिजको अध्यक्षसमेत रहेका उनी त्रिभुवन विश्वविद्यालयमा प्रत्रकारितातर्फ उपप्रध्यापक हुन् ।

प्रेस सल्लाहकारको सेवा सुविधा राज्यमन्त्रीसरहको हुनेछ। त्यस्तै मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रधानमन्त्रीको सञ्चार विज्ञमा यसअघि नै रामशरण बजागाईं र प्रेस संयोजकमा चेतन अधिकारी नियुक्त भइसकेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com