संसदमा एमाले सांसदको प्रश्न– पाकिस्तानी प्रधानमन्त्री पनि स्वराजजस्तै प्रेम सुमधुर पार्न आएका हुन्?


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

सत्तारुढ दल नेकपा एमालेकै सांसदले सोमबारको संसद बैठकमा नियमापत्ति जनाएका छन्।

मकवानपुर क्षेत्र नम्बर २ निर्वाचित एमाले सांसद विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्वान अब्बासीको भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै नियमापत्ति जनाएका हुन्।

‘सरकारले विदेशी राष्ट्र/ सरकार प्रमुख आउँदा संसदलाई जानकारी दिनपर्छ, यो संसदको अधिकार हो, हो,’ खतिवडाले भने, ‘तर पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे संसदलाई जानकारी नै दिइएन। कि उनी पनि सुष्मा स्वराज (भारतीय विदेश मन्त्री) जस्तै प्रेम सुमधुर पार्न नेपाल आएका हुन्?’

अब्बासी फागुन २१ गते दुई दिने नेपाल भ्रमणमा आएका थिए। यसअघि केपी शर्मा ओली सरकार गठन हुनु पहिले नै भारतीय  विदेशमन्त्री सुष्मा स्वराज काठमाडौं आएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नयाँ संसदमा सुरू भएपछि पहिलो पटक सत्ता पक्षीय सांसदले नियमापत्ति गरेका हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com