रुस: शपिङ सेन्टर आगलागीमा मानवीय क्षति


प्रकाशित मिति : चैत्र १२, २०७४ सोमबार

रुसको साइबेरियाको केमेरोभो नगरको एक शपिङ सेन्टरमा आगलागीका कारण ५० जनाभन्दा बढीको ज्यान गएको अधिकारीहरूले बताएका छन्।

रुसी अधिकारीहरूका अनुसार साइबेरियाको केमेरोभोको शपिङ सेन्टरमा आगलागीपछि ५० जनाको ज्यान गएको छ भने १६ जना हराइरहेका छ्न्।

धेरै किनमेल केन्द्र रहेको त्यो कम्प्लेक्समा रहेको सिनेमा हलबाट आगो सुरु भएको अधिकारीहरुको आशंका गरिएको छ।

आगलागीमा परी कैयौँ बालबालिकाको ज्यान गएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘अनुसन्धान’

भिडिओ फुटेजहरूमा आगो छिटो फैलिरहेको र कतिपय मानिसले आफ्नो ज्यान जोगाउन झ्यालबाट हामफालिरहेको देखिएको छ।

आगलागीको बेला बाक्लो धुँवाले भवनलाई छोपिरहेको देख्न सकिन्छ।

आगलागीको कारण पत्ता लगाउन अधिकारीहरूले अनुसन्धान थालेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com