‘मैले गाई काटेर खान पाउनुपर्छ भनेकै छैन’ – उपसभामुख तामाङ


प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार

प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले आफूले गाई काटेर खान पाउनु पर्छ नभनेको भन्दै खण्डन गर्नुभएको छ । उहाँले अहिले सामाजिक सञ्जालमा विभिन्न खालका टिकाटिप्पणी भइरहेकोप्रति गाईको मासु खान पाउनुपर्ने र गाई काट्नेलाई जेल हाल्ने कानुन संशोधन हुनुपर्ने धारणा राखेको भन्ने गलत र भ्रामण भएको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले भन्नुभयो  – सामाजिक सञ्जालमा कसले लेख्यो र कुन आधारमा लेख्यो त्यो मलाई थाहा छैन । यो बिषयमा मैले धेरे बोलिरहेको छैन । म हेर्दैछु । अहिले धेरै जनाको बहस हेरिरहेकी छु । यो राजनीतिक प्रतिशोतको आधारमा चलाइएको हल्ला हो भन्ने लाग्छ मलाई । नुवाकोटमा कांग्रेस हारेको छ । त्यो खपिनसक्नु भएर गलत अफबाह फैलाइएको हो ।

–अर्को तामाङ समुदायको चेलिबेटी बेच्ने सुनबहादुर तामाङलाई वडा अध्यक्ष बनाएर उससँग धेरै खाइपिइ आएका ब्यक्तिहरुले अब खान नपाउने भए । सँगसँगै कांग्रेसको इमेज थप ड्यामेज भयो । र, आत्तिएर म माथि यो प्रहार भएको हो ।

–मैले गाइ काटेर खान पाउनु पर्छ भनेर कहाँ बोलेको कुनै आधार छैन । काँही केही भनेकी छैन । त्यसतो रेकर्ड पनि छैन । अहिले म जुन पोष्टमा छु । त्यो पोष्टमा रहेर मैले के गर्नु पर्छ । के बोल्नु पर्छ भन्ने मलाई राम्ररी थाहा छ ।

– नेपाल तामाङ घेदुङले भनेको कुरालाई मसँग जोडेर नियोजित तरिकाले फैलाउने अधिकार उनीहरुलाई कसले दियो थाहा छैन । यो बिषयमा म पनि अनविज्ञ नै छु ।

–यस बिषयमा नेपाल तामाङ घेदुङले गृहमन्त्री, मुख्य मन्त्रीलाई समेत ज्ञापन पत्र बुझाएको छ । यो बिषयमा प्रधानमन्त्रीसँग सम्म पुग्ने उनीहरुको तयारी हो । यो राष्ट्रिय मिडियामा पहिले देखिनै आएको बिषय हो ।

–मकवानपुरको पदम पोखरीका बिचौलियाले पैसाको बार्गेनिङ गरेर दिन नसकेपछि गाई काटेको आरोपमा मानिसलाई फसाउने काम गरिएको छ । त्यसको बिरुद्धमा आवाज बुलन्द गर्न गएको नेपाल तामाङ घेदुङले् जो बिषय राखेको छ । त्यसलाई मैले भनेको भनेर चरित्र हत्या गर्ने प्रयास गरिएको छ । यो मलाई मात्र होइन । संघियता, धर्मनिपरेक्षता लगायत सबैमा गरिएको प्रहार हो । यसले कांग्रेसको बास्तबिक चरित्र र केही कम्युनिष्ट भन्नेको पनि चरित्र देखिएको छ ।

–एउटा कुरा यो कसले गलत ढंगले बाहिर ल्यायो मलाई पनि थाहा छैन । नेपाल तामाङ घेदुङले सामान्य भेटघाटको कुरा गर्यो । तामाङ घेदुङको डेलिगेसन टिमले यो बिषय राख्यो । त्यसपछि मेरो नुवाकोटको पनि छुट्टै डेलिकेसन टिम थियो । त्यसपछि घेदुङ टिम हिँड्यो, नुवाकोटको टिम बस्यो । त्यो समयमा मैले बोल्न पनि पाइनँ । त्यहा कुनै पत्रकार पनि थिएनन् ।

–भोलिपल्ट पो कुरो गुुटुङटुङ आयो । के आयो भनेर हेर्दा जे मन लाग्यो त्यही लेखेर पठाइएको रहेछ । मेरो विरोध गर्ने केही पात्रहरु मैले चिनेको छु । मेरो विनाआधार चरित्र हत्यागर्ने तिनीहरुको बिरुद्धमा कानुनी लडाई लड्ने र कानुनी बाटो खोज्ने पनि सोचमा छु । अहिले बाहिरको कुरा, नियाली रहेकी छु ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com