खोटाङमा स्थानीय सरकार बनेपछि, उद्योग दर्ता गर्ने उद्योगीको संख्या बढे
प्रकाशित मिति : चैत्र ११, २०७४ आईतबार
चैत ११, खोटाङ । – स्थानीय तहको कार्यान्वयनसँगै खोटाङमा कृषि तथा वनजन्य उद्योग दर्ता गर्ने उद्योगी बढेका छन् । नगरपालिका र गाउँपालिकाको केन्द्र कार्यान्वयनमा आएपछि स्थानीय उद्योगीहरु गाउँमै लगानी गर्न उत्साहित भएका हुन् ।
गएको वर्षको तुलनामा चालु आर्थिक वर्ष उद्योग दर्ता गर्ने उद्योगीको संख्या बढेको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय खोटाङले जनाएको छ । चालु आर्थिक वर्ष २०७४र७५ को पहिलो चौमासिकमा उत्पादनतर्फ ४, सेवातर्फ २९ र कृषि तथा वनजन्य ३५ सहित ६८ उद्योग दर्ता भएका छन् ।
यही आर्थिक वर्षको दोश्रो चौमासिकमा उत्पादनतर्फ १०, कृषि तथा वनसँग सम्बन्धित ८५ र सेवामुलक ५६ वटा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समितिका सुचना अधिकारी दिनेश राईले बताउनुभयो ।
गएको आर्थिक वर्ष २०७३र७४ मा उत्पादनमुलकमा १८, कृषि तथा वनसँग सम्बन्धित १ सय १२, सेवातर्फ ७७ गरी २ सय ७ उद्योग दर्ता भएका थिए । गएको आर्थिक वर्षको तुलनमा यस आर्थिक वर्ष कृषि तथा वनसँग सम्बन्धित उद्योग दर्ता गर्नेको संख्यामा पनि वृद्धि भएको पाइएको छ ।
उद्यमीलाई ८० प्रतिशत अनुदानमा मेसिन तथा औजार हस्तान्तरण गरिएका कारण पनि उद्योग दर्ता गर्नेको संख्यमा वृद्धि भएको राईले बताउनुभयो ।
आर्थिक वर्ष २०७४र७५ को दोस्रो चौमासिकसम्ममा किराना पसल २९, हार्डवेयर १, कपडा पसल ६, कस्मेटिक पसल ३, सप्लायर्स एण्ड ट्रेडर्स ७, मोबाइल कम्प्युटर पसल २, एग्रोभेट १ गरी ४९ वटा व्यापार व्यवसाय दर्ता भएको छ ।
आर्थिक वर्ष २०७३र७४ मा किराना पसल ४५, मनि ट्रान्सफर १, जुत्ता पसल १, भाडा पसल ३, स्टेशनरी २, कपडा पसल ८, कस्मेटिक पसल ३, सप्लायर्स एण्ड ट्रेडर्स ३, मोबाइल कम्प्युटर ३ तथा विविधमा २ वटा व्यापार व्यावसाय दर्ता भएका थिए ।






