तेह्रथुममा अकबरे खोर्सानीबाट २ करोड भित्रियो


प्रकाशित मिति : चैत्र १०, २०७४ शनिबार

चैत १०, तेह्रथुम जिल्लाले जारी वर्ष २ करोड रुपैयाँभन्दा बढी रुपैयाँको अकबरे खोर्सानी निर्यात गरेको छ।

व्यवसायिक अकबरे खोर्सानी खेतीमा लागेका कृषकले गत जेठदेखि फागुन महिनासम्ममा २ करोड १० लाख रुपैयाँको खोर्सानी निर्यात गरेका हुन्। अलैंची र अदुवापछि जिल्लाको प्रमुख नगदेवालीको रुपमा रहेको अकवरे खोर्सानीको बिरुवा, फल र बियाँ बिक्री गरी कृषकले सो रकम जिल्ला भित्र्याएका हुन्।

तेह्रथुमका विभिन्न गाउँमा उत्पादित अकवरे खोर्सानीको मागमा बृद्धि भएपछि कृषकले खोर्सानी खेतीको क्षेत्रफलमा समेत बृद्धि गरेका छन्।

तेह्रथुममा उत्पादित खोर्सानी पूर्वी तराई र काठमाडौं, पोखरा लगायतका शहरमा निर्यात हुने गरेकोे स्थानीय ब्यापारी बताउँछन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अकबरे खोर्सानी स्थानीय बजारमा प्रतिकेजी ३ सयदेखि ४ सय ५० रुपैंयासम्ममा बिक्री हुँदै आएको छ।

अकबरे खुर्सानी तेह्रथुमका ६ ओटै स्थानीय तहमा व्यवसायिक रुपमा खेती हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

 

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com