राष्ट्रपति निवासमा दशैं, टिका थाप्न सर्वसाधारणको भींड (फोटो फिचर)


प्रकाशित मिति : आश्विन २५, २०७३ मंगलबार

बडादशैंको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनुभएको छ । शीतल निवासमा दिउँसो २ बजेपछि राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिनु भएको हो ।

सर्वसाधारणको लाम लामो भएकाले टीका थाप्ने कार्यक्रम साँझसम्म चलेको थियो । राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पनि टीका लगाइदिनुभएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतले टीका तथा प्रसाद ग्रहण गर्नुभएको छ ।

यसअघि बिहान ८ बजेर ४५ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले हनुमानढोका दरबारका मूल पुजारी देवराज अर्यालबाट टीका तथा जमरा ग्रहण गर्नुभएको थियो । राष्ट्रपतिले परिवार र आफन्तजनलाई पनि सोही साइतमा टीका लगाइदिनुभएको थियो ।

फोटो: किशोर पन्थी / खसोखास

img_8863

img_8864

img_8865

img_8866

img_8867

img_8869

img_8870

img_8872

img_8873

img_8874

img_8875

img_8877

img_8879

img_8885

img_8886

img_8887

img_8888

img_8889

img_8891

img_8892

img_8896

img_8898

img_8901

img_8902

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com