कांग्रेसलाई गति दिन मेरो उम्मेदवारी:प्रकाशमान
प्रकाशित मिति : २० फाल्गुन २०७४, आइतबार
कांग्रेस सभापति शेरबहादुर देउवाका बिरुद्धमा संसदीय दलको नेतामा उम्मेदवारी दिएका कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवाले राम्रोसँग पार्टी चलाउन नसकेकाले उम्मेदवारी दिएको बताएका छन्।
पार्टीलाई आफ्नो उम्मेदवारीले गति दिने जिकिरसमेत सिंहले गरे। पार्टी संसदीय दलको नेताका लागि सोमबार बिहान दस बजेदेखि १ बजेसम्म मतदान हुनेछ।
मतदानपछि लगत्तै मतगणना हुनेछ।
कांग्रेस संसदीय दल नेताका लागि शेरबहादुर देउवा र प्रकाशमान सिंहको उम्मेदवारी परेको छ।





