द्धन्द्ध निर्देशक खड्गी पुर्पक्षका लागि जेल चलान


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

काठमाडौं, २० फागुन । कलाकारको नाममा विभिन्न व्यक्तिलाई अवैध रुपमा दक्षिण कोरिया पुर्‍याएको आरोप लागेका द्धन्द्ध निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ ।
जिल्ला अदालत काठमाडौंले खड्गीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई अहिले केन्द्रीय कारागार, सुन्धारामा राखिएको छ ।

जिल्ला न्यायाधीश टेकनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई जेल चलान गर्न आदेश दिएको सीआर्इबीका प्रमुख पुष्कर कार्कीले बताए ।

यसअघि सांस्कृतिक कार्यक्रममा भाग लिन भन्दै खड्गी १२ जनाको टोली लिएर कोरिया गएका थिए । तर, फर्किने बेलामा भने दुईजना मात्र नेपाल आएका छन् ।

त्यसबारे दक्षिण कोरियास्थित नेपाली दूतावासले सीआर्इबीलार्इ जानकारी गराएपछि अनुसन्धान थालिएको थियो । प्रहरी हिरासतमा रहेका वेला खड्गीले उनीहरूलार्इ कोरिया लगेको स्वीकार गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com