बागलुङमा छ करोड खर्चेर मन्दिर निर्माण


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

फागुन २०, बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । छ करोडको लागतमा बन्न लागेको मन्दिरको ८५ प्रतिशत काम पूरा भएको छ । विसं २०४२ मा निर्मित मन्दिर जीर्ण बनेपछि नयाँ निर्माण भइरहेको हो । मन्दिर निर्माणमा विभिन्न क्षेत्रबाट दाताको सहयोग जुटेको निर्माण समितिले जनाएको छ ।

मन्दिर निर्माणका लागि अखण्डज्योति बाबा स्वामी श्रीजी च्यारिटेबल ट्रस्टले शुरुमा एक करोड उपलब्ध गराएको समितिका कोषाध्यक्ष हरिप्रसाद उपाध्यायले बताए । प्यागोडा शैलीको मन्दिरमा श्रीराम अङ्कित कालीगण्डकी नदीका शिला ९ढुङ्गा० र सालको काठ प्रयोग गरिएको छ ।

उदयपुरबाट झिकाइएको सालको काठमा आकर्षक कला कुँदेर मन्दिरका टुँडाल, झ्याल, ढोका बनाइएको छ । मन्दिर निर्माणको काम भक्तपुरबाट आएका दक्ष कालीगढले गरेका हुन् । महिनौँ दिन लगाएर कालीगढले सालको काठमा देवीदेवताका आकृति कुँदेका थिए । प्राचीन नेपाली कला र शैली झल्कने गरी मन्दिरको निर्माण गरिएको मन्दिरका अध्यक्ष स्वामी ऋषि प्रपन्नाचार्यले बताए ।

स्रोत -रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com