बर्दियामा अनियमितताको विरोध गर्दा एक महिलामाथि निर्घात कुटपिट


प्रकाशित मिति : फाल्गुन १८, २०७४ शुक्रबार

फागुन १८, बर्दिया । गतवर्षको बाढीले बर्दियाका धेरै मानिस प्रभावित भए । सरकारले घोषणा गरे अनुसार केही पीडितले मात्र राहत पाएका छन् । राहत वितरणमा अनियमितता उस्तै छ । बाढी पीतिलाई भने राहत वितरणमा भएको अनियमितताबारे बौल्ने अधिकार नै छैन । बोले ज्यानै जोखिममा पर्ने खतरा उत्तिकै छ ।

फागुन १३ गते गुलरियाका बाढी पीडितले राहत वितरणमा अनियमितता भएको भन्दै स्थानीय प्रशासनमा ताला लगाए । जनप्रतिनिधिकै मिलेमतोमा राहत वितरणमा अनियमितता भएको स्थानीयको आरोप थियो ।

त्यति नै बेला पूर्व सिंचाईमन्त्री सञ्जयकुमार गौतम गुलरिया नगरपालिकाको वडा नम्बर ९ पुगे । पूर्वमन्त्री गौतमलाई स्थानीय ४८ वर्षिया सैती थारुले राहत वितरणमा अनियमितता भएको गुनासो सुनाए । सैतीले पूर्वमन्त्री गौतमलाई गुनासो सुनाएको रात चार जना युवा उनको घर पुगे । सौच गर्न बाहिर निस्केको मौका छोपी ती युवाले कुटपिट गर्दै सैतीलाई अपहरण गरे । धन्न, नजिकैको विवाह समारोहमा सहभागीले सैतीलाई उद्धार गरे ।

सैतीको छोरा सञ्जिव चौधरी वडा नम्बर ९ का अध्यक्ष हरी पासीको टोलीले आमालाई अपहरणसहित कुटपिट गरेको आरोप लगाउँछन् । सञ्जिवका अनुसार अपरहणरी समूहमा वडा नम्बर ९ का अध्यक्ष पासीका कान्छो छोरा र भतिजा पनि पनि थिए । राहत वितरणको क्रममा वडा अध्यक्षले भातरमा विवहा भएका मानिसको पनि नाम समावेश गरेको भन्दै सैती लगायत स्थानीयले विरोध गरेका थिए । त्यसै विषयलाई लिएर आमको अपहरणपछि हत्या गर्ने प्रयास गरिएको छोरा सञ्जिवले आरोप लगाएका छन् ।

अपहरण गर्ने योजना सहित सैती थारुमाथी कुटपिट भएपछि गुलरिया ९ स्थित टेपरीवासीले कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना दिए । उनीहरुले वडा अध्यक्षकै योजनामा कुटपिट भएको भन्दै कारवाहीको मागसहित प्रहरीमा उजुरी दर्ता गर्न खोजेका थिए । तर, प्रहरीले अझै पनि उजुरी दर्ता गरेको छैन । उजुरी दर्ता नभए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीयवासी वडा अध्यक्षकै संलग्नतामा सैती थारुमाथि कुटपिटसहित अपहरणको प्रयास भएको आरोप लगाएका छन् । तर, प्रहरी भने उजुरी लिनै मानिरहेको छैन । त्यसैले यो घटनामा प्रहरीकै संलग्नता रहेको पीडित पक्षले आशंका गरेका छन् । त्यति मात्र होइन, स्थानीयले आरोप लगाएजस्तै गुनासोकै विषयलाई लिएर नागरिकमाथी जनप्रतिनिधि आक्रणको हदसम्म पुगेका हुन भने यो अक्षम्य अपराध हुनेछ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com