काम चलाउ वर्तमान सरकारका निर्णय उल्टिने : महरा


प्रकाशित मिति : माघ २१, २०७४ आईतबार

नेकपा (माओवादी केन्द्र)का नेता कृष्णबहादुर महराले वर्तमान सरकारले राजनीतिक अराजकता मच्चाएको आरोप लगाउँदै काम चलाउ सरकारले गरेका निर्णय उल्टिने बताउनुभएको छ ।

टरिगाउँ विमानस्थलमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो, “सरकारले गरेका कतिपय निर्णयलाई अब बन्ने सरकारले उल्टाउँछ, जथाभावी निर्णय गर्ने यो सरकारको काम होइन ।”

वर्तमान सरकारले तोकेको प्रदेशको अस्थायी मुकामले देशैभरि विवाद सिर्जना गरेको उल्लेख गर्दै उहाँले प्रदेश मुकामको अस्थायी केन्द्र तोक्दा धोका भएको र अब राजधानी बनाउने जिम्मा प्रदेश सभामा आएको बताउनुभयो ।

प्रदेशसभाका सांसदहरुले स्थायी राजधानी तोक्दा न्यायोचित, सन्तुलित एवं जिम्मेवारीपूर्वक निर्णय गर्ने उहाँको भनाइ थियो । नेता महराले हरेक दृष्टिकोणले ५ नं प्रदेशको प्रादेशिक राजधानी दाङ उपयुक्त रहेको उहाँको दाबी थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फरकफरक दृष्टिकोण र मान्यता बोकेका दुई दलबीचको एकता भने जस्तो सजिलो नभएको उल्लेख गर्र्दै नेता महराले भन्नुभयो, “पार्टी एकता आजको आवश्यकता हो एकतामा केही ढिला भए पनि केही समयपछि पार्टी एकता निश्चित हुनेछ ।”

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com