कुल सम्पत्तिका आधारमा अमेरिका सबैभन्दा धनी, टप १०मा कुन-कुन देश परे ?


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

न्यू वल्र्ड वेल्थले विश्वका सबैभन्दा धनी १० मुलुकहरुको सूचि सार्वजनिक गरेको छ । कुल सम्पत्तिको आधारमा तयार गरिएको सूचिको पहिलो स्थानमा अमेरिका रहेको छ । सन् २०१७ मा ६४५८४ अर्ब डलर सम्पत्तिसहित अमेरिकाले १० धनी देशको शीर्ष स्थान ओगटेको हो

सूचिको दोश्रो स्थानमा चीन रहेको छ । चीनको कुल सम्पत्ति २४८०३ अर्ब डलर रहेको बताइएको छ । त्यस्तै, तेस्रो धनी मुलुक जापानको कुल सम्पत्ति १९५२२ अर्ब डलर रहेको छ भने ९९१९ अर्ब डलर सम्पत्तिसहित ब्रिटेन चौथो स्थानमा परेको छ । ९६६० अर्ब डलर कुल सम्पत्ति रहेको जर्मनी पाँचौ स्थानमा, ८२३० अर्ब डलर कुल सम्पत्ति रहेको भारत छैठौ स्थानमा र ६६४९ अर्ब डलर सम्पत्ति रहेको फ्रान्स सातौँ स्थानमा परेका छन् । त्यस्तै, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः क्यानडा, अष्ट्रेलिया र इटली परेका छन् । न्यू वल्र्ड वेल्थका अनुसार, २०१७ मा क्यानडाको कुल सम्पत्ति ६३९३ अर्ब डलर, अष्ट्रेलियाको ६१४२ अर्ब डलर र इटलीको कुल सम्पत्ति ४२७६ अर्ब अमेरिकी डलर रहेको छ ।

कुल सम्पत्ति भन्नाले प्रत्येक देश तथा शहरमा रहने सबै व्यक्तिको निजी सम्पत्तिको एकमुष्ठ सम्पत्ति बुझिन्छ । यो रिपोर्टमा सरकारी धनलाई समेटिएको छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com