आज खग्रास चन्द्रग्रहण, बेलुकी ५:३२ मा ग्रहणले छुने , कुन राशी लाई कस्तो ?


प्रकाशित मिति : माघ १७, २०७४ बुधबार

काठमाडौं – आज बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ७ बजेर ५५ मिनेटमा चन्द्रोदय हुने भए पनि २ घण्टा अघि अर्थात् ५ बजेर ३२ मिनेटदेखि नै चन्द्रग्रहण सुरु हुनेछ ।
ग्रहणको मध्यकाल ७ बजेर १६ मिनेटमा हुनेछ भने ८ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्ष हुनेछ ।
यसपल्टको ग्रहणमा पृथ्वीको सम्पूर्ण छायाँ चन्द्रमामा परेर पुरै ग्रहणले ढाक्नेछ । नेपाल बाहेकका देशहरुबाट पनि चन्द्रग्रहण देख्न सकिनेछ ।

ग्रस्तोदित खग्रास चन्द्रग्रहणको विवरण
स्पर्श १७ः३२ बजे
सूर्यास्त १७ः४२ बजे
चन्द्रोदय १७ः५५ बजे
मध्य १९ः१६ बजे
मोक्ष २०ः५७ बजे
२०ः५७–१७ः५५ ऽ ०३ः०२ घण्टा, मिनट ग्रहणकाल वा सर्वपर्वकाल चन्द्रग्रहण रहेको छ ।
ग्रहणमा एउटा बिम्वले अर्को बिम्वको छाया लिन्छ । ग्रहणमा ग्राहकबिम्व र ग्राह्यबिम्व हुन्छ । ग्रहणमा एकबिम्वलाई अर्को बिम्वले ढाक्छ, एउटा बिम्वको छाया अर्को बिम्वमा पर्दछ । यसमा पातको भूमिका रहन्छ । पात ऽ राहु वा केतु, उत्तरपात ऽ राहु, दक्षिणपात ऽ केतु, यी दुई पात नै ग्रहणका कारक हुन् ।
सूर्य, चन्द्र र पृथ्वीजन्य परिस्थितिलाई नै ग्रहण भनिन्छ ।
मेषादि राशिका व्यक्तिका लागि आजको चन्द्रग्रहणफल यसप्रकार रहेको छ –
मेष व्यथा,
वृष श्रीप्राप्ति,
मिथुन क्षति,
कर्क घात,
सिंह व्यय,
कन्या लाभ,
तुला सुख,
वृश्चिक माननाश,
धनु कष्ट,
मकर जीवनसाथीपीडा,
कुम्भ सुख,
मीन चिन्ता

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com