२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
अमेरिकी अध्यागमन टिप्स

‘टीपीएसमा हुनेले १ बर्ष नाघेपनि एसाइलम फाइल गर्न सक्छन्’- सेडाई (भिडियो)

अमेरिकाका चर्चित नेपाली कानुन व्यवसायी केशवराज सेडाईले टीपीएसमा हुने नेपालीहरुले अमेरिका आएको १ बर्ष नाघेको भएपनि एसाइलम फाइल गर्नसक्ने जानकारी दिनुभएको छ । तर त्यसका लागि टीपीएस प्राप्तकर्ताले अमेरिका आएको १ बर्ष  नपुग्दै टीपीएसका लागि आवेदन दिएको हुनुपर्छ ।

सेडाईले खसोखाससँगको विशेष कुराकानीका क्रममा भन्नुयो – ‘यदि कुनै व्यक्तिले अमेरिका आएको एक बर्ष पूरा नहुँदै टीपीएसका लागि आवेदन दिएको छ भने त्यस्तो व्यक्ति टीपीएस पाएको जति बर्ष भएपनि एसाइलमका लागि आवेदन दिनसक्छ । त्यस्ता व्यक्तिका हकमा एसाइलमका लागि अमेरिका आएको १ बर्षभित्र आवेदन दिनुपर्ने प्रावधान लागु हुदैन ।’

एसाइलम आवेदन दिनु अगाडि कुनै व्यक्तिले टीपीएस कायम राखेको छ भने त्यस्तो व्यक्ति अमेरिका आएको १ बर्ष नाघिसकेको भएपनि एसाइलमका लागि आवेदन दिनसक्ने प्रावधान रहेको छ । 8 C.F.R. § 208.4(a)(5)(iv) 

तर टीपीएसको अवधि नसकिदै त्यस्ता व्यक्तिले एसाइलमका लागि आवेदन दिनुपर्नेछ । यदि कुनै व्यक्ति अमेरिका आएको १ बर्ष नाघेपछिमात्र टीपीएसका लागि आवेदन दिएको छ भने त्यस्तो व्यक्तिका हकमा भने यो प्रावधान लागु नहुने सेडाईले जानकारी दिनुभएको छ ।

केशव सेडाईसँगको विस्तृत कुराकानी यहाँ हेर्नुहोला ।

 

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →
लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →