परस्त्रीको कोठामा डीएसपी थुनिएपछि…


प्रकाशित मिति : आश्विन १७, २०७३ सोमबार

परस्त्रीको कोठामा दाङका एक प्रहरी अधिकृत थुनिएको घटना बाहिर आएपछि क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतले छानबिन समिति गठन गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण प्रसाईं परस्त्रीकाण्डामा मुछिएको घटना बाहिर आएपछि अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको हो ।

प्रहरी नायब महानिरीक्षक माधव नेपालको निर्देशनमा गठन गरिएको छानबिन टोलीको सदस्यमा अञ्चल प्रहरी कार्यालय राप्तीका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक विष्णु प्रदिप वस्याल रहेका छन् । छानबिन टोलीले ५ दिनभित्र प्रतिवेदन तयार पारेर क्षेत्रमा बुझाउने गरी जिम्मेवारी पाएको छ । अनुसन्धानका लागि गठन भएको छानबिन टोलीले विवादमा तानिएका प्रहरी नायब उपरीक्षक प्रसाई, उनलाई ताला फोडेर बाहिर निकाल्ने प्रहरी जवान, घटनाका प्रत्यक्षदर्शी, घटनामा मुछिएकी महिला र घरमालिकसँग सोधपुछ समेत गरेको प्रहरी उच्च स्रोतले बताएको छ ।

प्रहरी स्रोतका अनुसार प्रसाईंले ‘भान्जी’ गणित विषयमा कमजोर भएकाले सिकाउन जाने गरेको बयान दिएका छन् भने महिलाले तिहारमा टिका लगाउने दाइ भएको बताएकी छन् । उद्धारमा खटिएका प्रहरीले राति करिब ११ बजे कोठामा थुनिएकाले डीएसपी प्रसाईंलाई घरमा लगाएको ताला फोडेर बाहिर निकालेको बताएका छन् । नजिकको नाता पर्ने एक व्यक्तिले डीएसपी प्रसाई कोठामा पसेको मौका पारी ताला लगाइदिएका राजधानीमा खबर छ । यता छानबिन समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक प्रेम चन्दले यो गम्भिर विषय भएकाले छानबिन टोली गठन गरेर अनुसन्धान सुरु गरिएको बताए ।

‘अनुसन्धान सुरु भएको छ, दोषी पाइएमा प्रहरी नियमावली अनुसार कार्बाही हुन्छ,’ चन्दले भने । उनका अनसार प्रहरीको प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । प्रतिवेदन क्षेत्र हुँदै केन्द्रमा पठाइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com