मूल्यवृद्धिको विरोध भइरहँदा फेरि बढ्यो, पेट्रोलियम पदार्थको मूल्य
प्रकाशित मिति : माघ ३, २०७४ बुधबार
माघ ३, काठमाडौं– पेट्रोलियम पदार्थको मूल्यबृद्धिको विरोध भइरहेका बेला बुधबार फेरी मूल्य बढाइएको छ।
पेट्रोलको मूल्य बढेर प्रतिलिटर १ सय ३ रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७१ रुपैयाँ पुगेको नेपाल आयल निगमले जनाएको छ।
पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको छ। निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले नयाँ मूल्य बुधबार राती १२ बजे बाट कार्यान्वयनमा आउने बताए।
स्वचालित मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्यबृद्धि भएको हो। दुई साताअघि मूल्यवृद्धिको विरोधमा एमाले र माओवादी निकट भातृ संगठनले विरोध गरेका थिए।
ग्यास र हवाई इन्धनको मूल्य भने बढाइएको छैन।