सप्तरी शीतलहर दुई दर्जनभन्दा बढीको मृत्यु भइसक्दा स्थानीय प्रशासनद्वारा १६ जनाको पुष्टि
प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार
पुस ३०, राजविराज– चिसोबाट कठ्यांग्रिएर सप्तरीमा दुई दर्जनभन्दा बढीको मृत्यु भइसक्दा स्थानीय प्रशासनले भने १६ जनाको मृत्यु भएको पुष्टि गरेको छ।
सप्तरीका डिएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार, चिसोका कारण हालसम्म खडक, हनुमाननगर–कंकालिनी, सुरुङा नगरपालिका तथा तिलाठी–कोइलाडी र छिन्नमस्ता गाउँपालिकामा २र२ जनाको मृत्यु भएको छ। यस्तै, सप्तकोशी, कञ्चनरुप, डाक्नेश्वरी नगरपालिका तथा तिरहुत, रुपनी र अग्निसाइर कृष्णा सवरण गाउँपालिकामा १र१ जना गरी कुल १६ जनाको मृत्यु भएको उनले जानकारी दिए।
स्थानीय तहका पदाधिकारी तथा स्थानीय सञ्चारकर्मीहरुको विवरण अनुसार भने सप्तरीमा हालसम्म चिसोका कारण मृत्यु हुनेको संख्या दुई दर्जन नाघिसकेको छ।
स्थानीय प्रशासनको तथ्यांक अनुसार शीतलहरमा ज्यान गुमाउनेहरु
खडक नगरपालिकाका ८ मुसरनियाका ७० वर्षीय मुसहरु चौधरी,
वडा नम्बर ७ का ६४ वर्षीय प्रेमबहादुर माझी,
छिन्नमस्ता २ की ५२ वर्षीया सरोदेवी मुखिया
७० वर्षीया सरस्वती देवी साह
सुरुंगा नगरपालिका ११ का ६५ वर्षीया दुर्गीदेवी चौधरी
वडा नम्बर १ का ५१ वर्षीय अम्बरबहादुर पुलामी
तिलाठी कोइलाडी गाउँपालिका ४ का ७१ वर्षीय नारायण मुखिया र ७० वर्षीया श्यामादेवी सिंह
कञ्चनरुप नगरपालिका २ का ५५ वर्षीय बेचन शेख
तिरहुत गाउँपालिका १ का ६० वर्षीया भुटनीदेवी यादव
सप्तकोशी नगरपालिका १ का ६२ वर्षीय अर्जुन पोखरेल
हनुमाननगर कंकालिनी नगरपालिका १ का ६५ वर्षीया शान्तिदेवी यादव
डाक्नेश्वरी नगरपालिका ८ का ७० वर्र्षीया शुभावती देवी सरदार
रुपनी गाउँपालिका ८ का २ वर्षीय शिवम पासवान
अग्निसाइर कृष्णा सवरण गाउँपालिका ४ का ६५ वर्षीय लखन ठाकुर
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका – ४० वर्षीय ढुण्डीराज पोख्रेल ९सुनसरीको इनरुवा नगरपालिका १ निवासी०