बाह्र वर्षमै आमा बनेपछि शिशुलाई यसरी फालिन् एक किशोरीले त्यो बालक को के दोष त्यो र???


प्रकाशित मिति : पुस ३०, २०७४ आईतबार

बाह्र वर्षीया एक किशोरीले आफूले जन्माएको बच्चालाई झाडीमा फालिदिएको समाचारले यति बेला सबैलाई अचम्मित पारेको छ ।

यो समाचार चीनको हो । चीनको सिचुआन प्रान्तको पुल नजिकै झाडीमा ती शिशुलाई भेट्टाइएको थियो । ती शिशुलाई तत्काल अस्पताल लगिएको र अहिले उनको अवस्था सामान्य भएको अस्पताल स्रोतले बताएको छ ।ती किशोरीले समय नपुग्दै बच्चा जन्माएको अस्पतालका डाक्टरले बताएका छन् । शिशु सानो भएका पनि कुनै समस्या नभएको बताएका छन् ।

उक्त शिशुलाई जन्माउने आमा १२ वर्षीया एक किशोरी भएको प्रहरी बताएको छ । उनी आफ्ना हजुरबा र हजुरआमासँगै बस्तै आएको समाचार माध्यमले बताएका छन् । अहिले पुलिसले उक्त घटनाको अनुसन्धान गरिरहेको छ ।

समाचारमा जनाइए अनुसार किशोरी बिरामी परेपछि उनीकी हजुरआमाले उनलाई अस्पताल लगेकी थिइन् । तर अस्पताल जाँदै गर्दा किशोरीले शौचालय लागेको भनेर झाडीतिर गएकी थिइन् । पुल नजिकै रहेको झाडीमा ३० मिनेटसम्म भुलेकी थिइन् ।

यही समयमा नै किशोरीले बच्चा जन्माएको हुन सक्ने आशंका प्रहरीले गरेको छ । तर हजुरआमाले भने नातिनी गर्भवती भएको र बच्चा जन्माएकोबारे आफूलाई केही थाहा नभएको बताएकी छन् ।

किशोरीले अनुसन्धानकर्तासँग बोल्न अस्विकार गरेको तथा शिशुको बाबुबारे केही भनेकी छैनन् । अहिले शिशुको उपचारका लागि चन्दा संकलन गर्न थालिएको समाचारमा जनाइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com