युक्रेनले आराम गरिरहेका सेनालाई लडन पठाउदै, लडिरहेकालाई आराम दिइने


प्रकाशित मिति : बैशाख १६, २०८१ आईतबार

Russian Security Council Deputy Chairman and the head of the United Russia part,y Dmitry Medvedev, front right, speaks to Russian servicemen during his visit at a military training range for contract servicemen in the Russian-controlled Donetsk region, Ukraine, on Friday, Sept. 15, 2023. (Pool Sputnik via AP)

युक्रेनका सेना प्रमुखले रुससँगको लडाइँको मोर्चा निकै खराब भएकाले आफूहरु पछि हट्नु परेको बताएका छन् । युक्रेनी सेना प्रमुख जनरल ओलेकजेण्डर सिरिस्कीले पूर्वतर्फको लडाइँको मोर्चाबाट युक्रेनी सेना पछि हटेको बताएका हुन् ।

टेलिग्राममा एक पोष्ट गर्दै उनले भनेका छन्, ‘मोर्चाको हालत निकै खराब भएकाले युक्रेनी सेना पूर्वी दोनेत्स्क क्षेत्रबाट पछि हट्नु परेको छ ।’
युक्रेनलाई अमेरिकाबाट सैन्य सहयोग मिल्नुभन्दा अगाडि नै रुसले त्यसको फाइदा उठाउँदै आक्रमण तीव्र पारेको छ । रुसी सेनाले पूर्वी दोनेत्स्क क्षेत्रको ओचेरेताइने नजिकको एक बस्ती कब्जा गरिसकेको रुसको रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी संसदले गत हप्तामात्रै युक्रेनलाई ६१ अर्ब डलर बराबरको सैन्य सहयोग दिने प्रस्तावलाई पारित गरेको थियो । उक्त सहयोगमा युक्रेनी सेनाका लागि अत्याधुनिक हातहतियार, गोलाबारुद, प्रतिरक्षा प्रणाली लगायत छन् ।

अमेरिकी हतियार युक्रेनसम्म पुग्नुअघि नै रुसले पूर्वी क्षेत्रमा आफ्ना फौज पूर्वी क्षेत्रमा केन्द्रित गरी आक्रमण जारी राखेको छ । युक्रेनी सेना प्रमुख ओलेकजेण्डर सिरिस्कीका अनुसार युक्रेनी सेनाका लागि सबैभन्दा कठिन अवस्था मौरिन्काको पश्चिम र अवदिब्काको उत्तर पश्चिम क्षेत्रमा छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अबदिब्कामाथि रुसका सैन्य बलले गत फेब्रुअरी महिनामै कब्जा गरिसकेका थिए । युक्रेनका सेना प्रमुखले रुस केही स्थानमा रणनीतिक हिसाबले अघि बढेको बताएका छन् । तर रुस सफल नहुने उनको जिकीर छ ।

युक्रेनले अब आराम गरिरहेका सेनाका ब्रिगेडलाई फेरि युद्धको मोर्चामा पठाउने र अहिले लडिरहेकाहरुलाई पछि हटाउने जनाएको छ । एजेन्सीहरु

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com