भारत र पाकिस्तानको खास द्वन्द्व के हो ?


प्रकाशित मिति : आश्विन १३, २०७३ बिहीबार

भारतले आउँदो नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा तय भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन को १९ औँ शिखर सम्मेलनमा भाग नलिने घोषणा गरेको छ। नयाँ दिल्लीमा भएको पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भारत शिखर सम्मेलनमा सहभागी नहुने जानकारी सार्क अध्यक्ष राष्ट्र नेपाललाई पठाएको बताएका हुन्। सार्क शिखर सम्मेलनमा सहभागी नहुने भारतको घोषणालाई पाकिस्तानले दुर्भाग्यपूर्ण भनेको छ। अफगानिस्तान, भुटान र बंगलादेशले पनि सार्क सम्मेलनमा सहभागी नहुने जनाएको छ।  ८ मुलुक सदस्य रहेको सार्कको कुनै एक सदस्य राष्ट्र शिखर सम्मेलनमा सहभागी नभए सम्मेलन नै नगर्ने चलन छ। सेप्टेम्बर १८ मा भारत प्रशासित जम्मु कास्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच सम्बन्ध चिसिएको छ। यो आक्रमणमा ८५ जना सर्वसाधारणको मृत्यु भएको थियो। कास्मिरमा हिंसात्मक घटनाहरु भैरहँदा भारतले पाकिस्तामाथि आतंकवादी समूहहरुलाई सघाएको आरोप लगाएको छ।

भारतीय आक्रमणको निन्दा

सीमानामा भएको ६ घण्टा लामो गोली हानाहानमा आफ्ना दुई सैनिक मारिएपछि पाकिस्तानले भारतीयको कदमको निन्दा गरेको छ। यद्यपि भारतीय फौजले सीमा पार गरेर अपरेशन चलाएको कुरालाई उसले अस्वीकार गरेको छ। ‘भारतीय सेनाको अकारण र नग्न आक्रमकता’को निन्दा गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले ‘पाकिस्तानको सार्वभौमसत्तामा हस्तक्षेप गर्ने किसिमको कुनै षड्यन्त्रको प्रतिरोध गर्न आफ्नो सेना सक्षम रहेको’ बताएका छन्। उनले ‘आफ्नो शान्तिको चाहनालाई कमजोरी नठान्न’ भारतलाई चेतावनी दिएका छन्।यसअघि भारतीय सेनाले हमलाको तयारी गरिरहेका आतंकवादीहरुमाथि पाकिस्तानी सीमाभित्र पसेर अपरेशन चलाएको र उल्लेख्य संख्यामा आतंककारी मारेको दाबी गरेको थियो। उरीमा १८ भारतीय सैनिकको ज्यान जानेगरी हमला भएपछि पाकिस्तान र भारतबीच तनाव बढ्दै गएको हो।

दोहोरो हमलाबारे भारतको पुष्टि

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भारतले पनि विहिबारको दोहोरो हमलाबारे पुष्टि गरेको छ । भारतले विहिबारको हमला राष्ट्र रक्षाको लागि गरेको भारतीय सैनिक बल डिजीएमओका लेफ्टेनेन्ट जनरल रनवीर सिंहलाई उदृत गर्दै भारतीय संचार माध्यमहरुले जनाएको छ । विहिबारको घटनापछि भारतीय संचार माध्यमहरुले सनसनी फैलाईरहेका छन् । १८ जना भारतीय सैनिक मारिने गरी भएको उरी हमलापछि यी दुई मुलुकबीच तनाव बढेको छ । उक्त हमलामा पाकिस्तानको हात रहेको भारतले आरोप लगाउँदै आएपनि पाकिस्तानले भने आरोपको खण्डन गर्दे आएको छ ।

सिन्धु जल विवाद

यही सेप्टेम्बर महिनामा एउटा भारतीय सैनिक अखाडामा उग्रवादीहरुद्वारा गरिएको हमलामा भारतीय सैनिकहरुको ज्यान गएपछि भारत र पाकिस्तानबीच बीच तनाव बढेको छ। भारतले ती उग्रवादीहरु पाकिस्तानी भूभागबाट आएका र पाकिस्तानले उनीहरुलाई संरक्षण दिने गरेको आरोप लगाएको छ।  तर पाकिस्तानले ती आरोपहरुको खण्डन गर्दै आएको छ।
पाकिस्तानसंग तनाव बढ्दै जाँदा भारतले सिन्धु नदी संझौता पुनरावलोकन गर्न सकिने संकेत दिएको बिबिसीले जनाएको छ ।

पाकिस्तानी भूभागमा  भारतीय सेना !

भारतीय सेनाले पाकिस्तानी सीमानामा गएर मंगलबार राति सर्जिकल स्ट्राइक गरेको दाबी गरेको छ। सीमाना पार गरेर भारतीय सेनाले पाकिस्तानमा लुकेका ३८ आतंककारीलाई मारेको भारतीय पक्षको दाबी छ। यता, पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफले भारतीय सेनाले प्रोपोगान्डा गरेको बताएका छन्। पाकिस्तानले आफ्नो सीमानामा भारतीय सैनिक घुसेको समाचार निराधार रहेको बताएपनि लाईन अफ कन्ट्रोलमा फायरिङ हुदाँ दुई सैनिकको ज्यान गएको पुष्टी गरेको छ। भारतको नियन्त्रणमा रहेको काश्मिरी क्षेत्रमा पछिल्लो दुई महिनादेखी चलेको उत्शृंखलताका कारण ८० भन्दा बढीले ज्यान गुमाइसकेका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com