उपमहानगरबाट ज्येष्ठ नागरिकलाई न्यानो कपडा


प्रकाशित मिति : पुस २४, २०७४ सोमबार

तुलसीपुर उपमहानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

वडा नं १९ बाट उपमहानगरपालिकाले आइतबार कार्यक्रम शुरु गरेको हो ।

उपमहानगरपालिका वडा नं १९ की सबैभन्दा वृद्ध १०३ वर्षीया बस्यौनी चौधरीलाई नगरप्रमुख घनश्याम पाण्डेले न्यानो कपडा हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुभयो ।

उपमहानगरपालिकाले दलित, जनजाति अल्पसंख्यकबाट ८० वर्ष पुगेका र अन्य समुदायका ८४ वर्ष पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण कार्यक्रम शुरु गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वडा नं १९ भित्र रहेका १६ जनामध्ये नौ जनालाई आइतबार नै वितरण गरिएको छ भने अन्यलाई आज वितरण गरिनेछ । सो अवसरमा टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको थियो ।

सो अवसरमा वृद्धवृद्धाको स्वास्थ्य जाँचसमेत गरिएको थियो ।
कार्यक्रममा प्रमुख पाण्डेले ज्येष्ठ नागरिकलाई चिसोबाट बचाउन आफूहरुले न्यानो कपडा वितरण गरेको बताउनुभयो ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा पनि न्यानो कपडा वितरण गरिएको छ । सो वडामा रहेका ८४ वर्ष पुगेका २८ जना वृद्धवृद्धालाई टोपी, ब्लाङ्केट, ओड्ने एक÷एक थान वितरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ४ को वडा कार्यालयले आइतबार वडा कार्यालय रक्षाचौरमा एक कार्यक्रमको आयोजना गरी वडाका ८० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई न्यानो कपडा वितरण गरेको हो ।

वडाका ८० वर्ष उमेर पुगेका २० जना वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिएको हो ।
न्यानो कपडा पाउने ज्येष्ठ नागरिकले जाडोको समयमा आफूहरुलाई केही राहत हुने बताउँदै आगामी दिनमा पनि वडा कार्यालयले उदाहरणीय र राम्रो काम गर्न सुझाव दिएका थिए ।
रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com