नेपालमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुँदै गर्दा, भारतीय चाँसो बढ्यो


प्रकाशित मिति : पुस २३, २०७४ आईतबार

पुस २३, काठमाडौं । नेपालको राजनीतिमा हस्तक्षपकारी भूमिका खेलेको भारतले फेरी आफ्नो चाँसो अस्वाभाविक तरिकाले बढाएको छ । नयाँ सरकार गठनको प्रक्रिया सुरुसंगै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरीको दौडदूध सर्वाधिक बढेको छ ।

वाम गठबन्धन कसरी भत्काउन सकिन्छ त्यसलार्इ मुख्य उद्देश्य बनाएका देशी तथा विदेशी शक्तिले विभिन्न किसिमका चलखेललार्इ तिव्रता दिएका छन् । वाम गठबन्धनका नेताहरुले औपचारिक र अनौपचारिक दुवै तरिकाले भन्दै पनि आएका छन् । यहि बेला पुरीको यो अस्वाभाविक दौडधूपले थप आशंका पैदा गरेको नेताहरुले बताएका छन् ।

दिल्ली उड्नुअघि एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छुटाछुट्टै भेटघाट फर्केका पुरी, दिल्ली पुगेसँगै ६ गते साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए ।

फोनसंगसंगै राजनीति पनि पेचिलो बन्दै गयो । मोदीले फोनवार्तामा के कुरा गरे रु नखुलाएका तीनै दलका प्रमुख नेताले मोदीको फोन पछि केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोही राती एक वजेसम्म बालकोटमा छलफल गरेको नेताहरुले बताए । मोदीको फोन पछि नै काँग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले अध्यक्ष प्रचण्डलाई बोलाएर पाँच वर्षका लागि प्रधानमन्त्री बन्न समेत ‘अफर’ गरेको विषयले राजनीति एकाएक तताएको थियो ।

ओलीलाई भेटेर जब मन्जिभ सिंह पुरी दिल्ली उडे, त्यसपछि सप्तरीमा रहेका उपेन्द्रलाई बोलाएर ओलीले छलफल समेत गरे । ओली र यादवको छलफलले राजनीतिमा तरङ्ग पैदा भयो । दिल्लीबाट फर्के लगतै राजदूत पुरी पुनः सक्रिय भए । पुरी सक्रिय भएपछि एमालेसँग नजिक हुन चाहेका मधेशी दलका नेताहरु पनि टाढिए र लोकतान्त्रिक गठबन्धनतिर ढल्किन पगे ।

यहि कुराबाट पनि प्रष्ट रुपरेखा देखिएको छ । पार्टी एकताको प्रक्रिया छिटो टुङ्गो लगाउन कार्यकर्ताले भनिरहेका बेला आशंकापूर्ण अभिव्यक्ति आइरहेका छन् । पछिल्लो समय पनि एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच निर्णायक वार्ता हुन सकिरहेको छैन । कार्यकर्तामा आलस्यता पैदा भएको छ कि कहिले एकता नगरेर जनताको चाहना विपरितको निर्णयत हुने त हैन रु

अनावश्यक चाँसो

वाम गठबन्धनको सरकार हुने निश्चित देखिएपछि राजदूत पुरीको अस्वभाविक सक्रिय चाँसो बढेको छ । उनि आफुमात्र सक्रिय भएका छैनन् , त्यसमा काँग्रेसलाई पनि सक्रिय बनाइएको छ । कांग्रेसको बैठक चलिरहेको बेला पुस १४ गते एकाएक प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदुतले कांग्रेसका अन्य शीर्ष नेतालाइसमेत राखेर छलफल गरेको समेत वाहिर आएको छ ।

शुक्रबार मात्रै राजपा अध्यक्ष मण्डलका नेताहरुले भारतीय विदेश मन्त्रालयमा नर्थ डेक्स हेर्ने सुधाकर दलेलसँग भेट गरेका छन् । उनी केहि दिन पहिला नेपाल आएको बताइएको छ । सुधाकर दलेलसँग राजपा नेताहरुको एकघण्टा भएको छलफललार्इ अर्थपूर्ण तरिकाले हेरिएको नेताहरुले बताएका छन् । यसविषयमा महन्थ ठाकुरका सहयोगी सत्येन्द्र मिश्रले गोप्य छलफल भएको कुरा खुलाउन चाहेनन् । दलेलले काँग्रेस, माओवादी र एमालेका नेताहरुलाई पनि भेटेको बताइएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com